२०८२ माघ ५ | Jan 19, 2026

पक्राउ परेका बैंकरलाई रिहा नगरे सबै बैंकरले पेन डाउन गर्ने

BusinessPati बिजनेस पाटी
|
२०८० फाल्गुन १६
|
153 views

काठमाण्डौ १६ फागुन २०८० 

तत्कालीन सेञ्चुरी कमर्सियल बैंकको पूर्वसीईओ तुलसी गौतम, प्रभु बैंकका वरिष्ठ डेपुटी सीईओ सहित १० जनालाई केन्द्रीय अनुसन्धान ब्यूरो ले समातेको विषयमा नेपाल बैंकर संघले छलफल गरेको छ।

छलफलमा एक पटक कर्जाका प्रवाहको विषय प्रहरी प्रशासनलाई स्पष्ट पार्ने तर प्रहरीले रिहा नगरेको खण्डमा पेन डाउन गरेर विरोध गर्ने भएको हो।

नेपाल बैंकर्स संघले आकस्मिक बैंठकमा वाणिज्य बैंकका सीईओ सहभागी थिए। अधिक मूल्यांकन गरेर ऋण दिएको भन्दै प्रहरीले बहालवाला र पूर्वबैंकर समातेपछि बसेको बैंकर्स संघको बैंठक बोलाएको थियो।

मंगलबार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले तत्कालीन सेञ्चुरी बैंकका सीईओसहित १० बैंकर समातेको थियो। धितोले धान्नेभन्दा धेरै कर्जा प्रवाह गरेको अनुसन्धानमा देखिएपछि मंगलबार तत्कालीन सेञ्चुरी बैंकका सीईओ तुलसीराम गौतम सहित १० जना बैंकरलाई सीआईबीले पक्राउ थियो। उनीहरुलाई अनुसन्धान गर्न अदालतले एक हप्ताको समय दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया