पञ्चकन्या माई हाइड्रोपावरको ११ लाख कित्ता आईपिओ खुल्यो

बिजनेसपाटी १ श्रावण

पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले आज साउन १ गते मंगलबारबाट एक सय रुपैयाँ दरको ११ करोड रुपैयाँको ११ लाख कित्ता आइपिओ निष्काशन गरेको छ ।  कम्पनीले यो द्रोस्रो चरणमा सर्वसाधारणलाई साधारण सेयर निष्काशन गरेको हो ।

पञ्चकन्याले जारी पुँजीको १० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्रीमा लागेको हो । एक अर्ब १० करोड रुपैयाँ जारी पुँजी रहेको कम्पनीको  निष्काशित आईपिओमध्ये ४४ हजार कित्ता कर्मचारीहरू र ५५ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्टाइएको छ ।

त्यसबाहेक १० लाख एक हजार कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।  आवेदनले न्यूनतम ५० कित्तादेखि अधिकतम पाँच हजार ५०० कित्तासम्म आवेदन गर्न सक्नेछन्  । कम्पनीको बिक्री प्रबन्धकका सनराईज क्यापिटललाई रहेको छ ।

सेयरमा आश्वा अनुमति प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट तथा मेरो सेयर प्रयोगकर्ताले घरबाटै आवेदन गर्न सक्नेछन् ।

पञ्चकन्या समूहले प्रवद्र्धन गरेको पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले यसअघि गत माघ ५ गते देखि २३ गते सम्म आयोजना प्रभावित इलामका स्थानीय बासिन्दाको लागि हाइड्रोले ११ लाख कित्ता शेयर निष्काशन गरिसकेको छ । अहिले थप ११ लाख कित्ता शेयर सर्वसाधारको लागि निष्कासन गरेको हो ।

कम्पनीले सन्दकपुर गाउँपालिकास्थित माबु, माईमझुवा र सुलुबुङमा अप्पर माई जलविद्युत आयोजनाबाट १२ मेगावाट क्षमताको अपरमाई आयोजना सञ्चालनमा ल्याइसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया