पञ्चकन्या हाइड्रोको आइपीओ आउँदै

काठमाडौ, ११ असार ।

पञ्चकन्या माई हाइड्रो पावर लिमिटेडलाई आइपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृत दिएको छ ।

धितोपत्र बोर्डले कम्पनीलाई ११ करोड रुपैयाँको ११ लाख कित्ता साधारण शेयर निष्काशन गर्न  स्वीकृत दिएको हो ।

पञ्चकन्या माई हाइड्रो पावरको विक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेड रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया