‘पर्यटकको सङख्या बढाउन मुल्य अभिवृद्धि कर हटाउनुपर्छ’

गणेश न्यौपाने
प्रबन्ध निर्देशक, मोन्टेरोसा टे«क्स एण्ड एस्पीडिसन प्रालि, ठमेल
एवं पूर्वेली लोकगायक

१) तपाइकोे मोन्टेरोसा टे«क्स एण्ड एस्पीडिसन प्रालिले के कस्तो सेवा प्रदान गर्दै आएको छ ?

यसले विदेशी पर्यटकहरुलाई नेपालमा घुमाउने, प्राकृतिक रुपले एडभेन्चर प्रकारका र धार्मिक क्षेत्रहरुलाई पहिचान गर्दै विदेशमा रहेका जो सुकैलाई पनि हाम्रो प्याकेज किनेर जो आउँछन् । उनीहरुलाई घुमाउने काम यो सस्थाले गर्दै आएको छ, ०५० सालदेखि । निरन्तर अघि बढदै गइरहेको छ ।

२) नेपालमा अहिले हिमाल आरोहणको अवस्था कस्तो रहेको छ ?

हिमाल आरोहणको अवस्था हिजोआज धेरै खस्किएको छ । किनकी दिनप्रति दिन धेरै कुराहरुको भाउ बढदैछ । आन्तरिक उडानहरुको ठुलो समस्या छ । विविध कारणले पर्वतारोहण सम्बन्धी मान्छेहरु घटिरहेका छन् । एक त के छ भने तिबेट पटिको साइडबाट हिमालहरु पर्वतारोहण गर्न आर्कर्षित भइरहेका छन । उनीहरुले सस्तो प्याकेजहरु दिइरहेका छन् । नेपालले चाँही हरेक बर्ष बढाइरहेको छ । रोयल्टी बढाएका छन् तर सुविधा केही पनि पाएका छैनन् । यो कारणले पनि होला र अर्को कुरा ग्लोवल वार्मिङको कारणले गर्दापनि पर्वतारोही पर्यटकहरु नेपालमा आउनेक्रम घटिरहेको छ । हामीले हाम्रो संस्था टेकिङ ऐजेन्ट एसोसियसन अफ नेपालले यो मुल्यबृद्धि कर पर्यटकलाई हटाउनुपर्छ भनेर धेरैपल्ट हामीले पहल गयौ । तर कसैलेपनि सुनेनन् । किन भन्दाखेरी हाम्रो साउथ एसियामा भारत, श्रीलङका, भुटान जस्ता देशहरुमा मुल्य अभिवृद्धि करहरु लगाइएको छैन । त्यसले गर्दाखेरी नेपालमा आउने पर्यटकहरुलाई टाढाबाट आउनुपर्ने र नेपाल जोड्ने हवाइ यात्राको टिकटहरु पनि महगो भएको कारण त्यसमा अर्को भ्याट जोड्दा उनीहरुको यात्रा भ्रमण महगाें पर्ने भएकोले नेपाल वाहेक अन्य देशहरुमा मोडिइरहेका छन् । gg

३) नेपालमा हवाइ समस्याका कारण नै प्रमुख रुपमा विदेशी पर्यटकहरु नआएको भनिएको छ नी ?

नेपालको त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल नै कालोसुचीमा परेको छ युरोपियन हवाइ उड्यन कार्यालयको अनुसार । त्यो कारणले पनि उनीहरुलाई नेपाल भ्रमण आउँदाखेरी धेरै देशहरुले उनीहरुको इन्स्योरेन्स नर्गदिने र जो आउँछन् उनीहरु रिक्स मोलेर आउने भएकोले पनि पर्यटकहरु घटिरहेको होकी जस्तो लाग्छ ।

४) पर्वतारोहण तथा टे«किङ व्यवसायका समस्या र चुनौतीहरु के छन् ?

यसका चुनौतीहरु धेरै छन् । एक त नेपाल जोड्ने हवाइ यात्राहरु धेरै महगाा छन् । किनभने युरोपबाट नेपाल आउन ८ घण्टा लाग्छ भने युरोपबाट अमेरिका जान पनि ८ नै घण्टा लाग्छ । जस्तै नेपाल आउन १३, १४ सय डलर पर्छ भने अमेरिका जान ५ सय डलरमै राउण्ड ट्रीप आउँछ । भनेपछी उसको त १५ सय डलरमा त नेपाल आउने खर्चले उसको प्याकेज सबै भ्याउँछ भनेपछि उ किन नेपाल आउने ? अर्को कुरा उनीहरु सिजनल टिकटहरु महगो भएको हुनाले, कहिले २ हजार डलर पनि पुग्ने भएको हुनाले उनीहरुले नेपाल यात्रा गर्न चाँहदैनन् । नेपालमा आउने जति पनि पर्यटहरु छन् ती बजेट टाइपकै हुन्छन् । किनभन्दा एक त नेपाल टाढा पनि भयो । दोश्रो कुरा उनीहरुलाई आउन जान नै २–३ दीन लाग्छ भने धनी खालका पर्यटकहरु अन्तै मोडिइ राखेका छन ।

४) यहाँलाई चाँही के लाग्छ, नेपालमा पर्यटकहरुको सङख्या र बसाइ अवधि बढाउन के गर्न पर्ला त ?

सरकारलाई के सल्लाह दिन्छु भने पर्यटन व्यवसायीको नाताले पहिलो त मुल्य अभिवृद्धि कर पर्यटन क्षेत्रमा हटाउनु पर्छ । त्यो हटाउँदा पनि पर्यटकलाई अलिकति भार कम हुन्छ । अर्को नेपालको हवाइ उड्डयन कालोसुचीमा परेको छ भन्ने छ । ७–८ बर्ष भइसक्यो । अहिलेसम्म कालोसुचीबाट हटाउन सकिएको छैन । नेपाल सरकारले जतिसक्दो चाँडो त्यो काम गर्नपर्छ । अथवा जसले कालोसुचीमा राखे त्यो संस्थालाई बोलाएर वस्तुस्थीति बुझन लगाएर, देखाएर त्यो कालोसुचीबाट हटाउने हो भने पर्यटकहरु अवश्य बढी हाल्छन् । यसमा ध्यान दिइएको छैन । त्यसले गर्दा पनि उनीहरु नेपाल भ्रमण गर्न आउँदै आउँदैनन् । आएपनि रिक्स लिएर आउँछन् । त्यसकारण यसलाई चाँडै सल्टाउन जरुरी छ ।
५) नेपाललाई पर्यटकीय दृटिले उत्कृष्ठ मुलुक भनेर विभिन्न अन्र्तराष्टिय सर्भेहरुले देखाइरहेको हुन्छ । तर छिमेकी चीन र भारतमा बार्षिक करोडौ पर्यटक आउँदा नेपालमा किन १० लाख पर्यटक पनि भित्रदैनन् ?

प्रचार प्रसारको कमी पनि हो एक त । दोश्रो कुरा रोयल नेपाल र थाइएयर लायन्ससँगै स्थापना भएको अरे । थाइ एयरलायन्स हेर्ने हो भने उसका हजारौ ओटा प्लेनहरु छन । नेपालका गन्न सकिन्छ, ४–५ ओटा प्लेन छन् । त्यो पनि बिग्रि राख्दछ । अथवा ग्राउण्डेड हुन्छ, अनेक हुन्छ । अव त्यो रोयल नेपाललाइ नीजिकरण गरेर कम्तिमा पनि १० देखि २० प्लेनहरु ल्याएर युरोपका विभिन्न देशहरुमा कनेक्सन अथवा फल्याइट गर्ने होभने पर्यटहरु त्यसै बढि हाल्छन् नी । पर्यटहरुलाई आउन त अव सिधा फलाइट भयो भने सजिलो हुन्छ । अहिले नेपाल आउने धेरै पर्यटकहरु कतारले ओगटी राखेको छ । कतार एयरलायन्सबाट आउँदाखेरी उनीहरु दोहामा ट्रान्जिट हुन्छ । ट्रान्जिट पनि कहिले काँही ६ घण्टासम्म बस्नुपर्छ । विविध कारणले गर्दा पनि पर्यटकहरु घटिरहेको छ । ganishhh

६ ) नेपालमा रहेका ट्राभल टुर कम्पनी, होटलहरु कत्तिको पर्यटनमैत्री छन ? यस क्षेत्रमा विकृति आएका पनि समाचार आइरहेका हुन्छन नी ?

होटलहरुमा त संसारकै उत्कृष्ठ होटलहरु नेपालकै लाग्छ मलाई । किनभन्दा उनीहरुको स्वागत गर्ने आथित्य सत्कारमा नेपालका होटलहरु धेरै माथी छन् । किनभन्दा म संसारका धेरै होटलहरुमा जस्तो अमेरिका, बेलायत, क्यानडाका धेरै ठाउँमा म घुमेँ । उनीहरुको सत्कार गर्ने त्यस्तो सस्कार छैन । आए आइज नआए पनि नआइज भन्ने खालको छ भने नेपालको होटलहरु अति उत्कृष्ट छन् । यो जुन स्वागत गर्ने मामिलामा धेरै माथी छ । नेपालका होटलहरु धेरै राम्रा छन । अव यो होटलहरु मात्र राम्रा भएर भएन । यहाँको सरकारले पोलिसी बनाउनु प¥यो । तीन–तीन महिनामा मन्त्रीहरु पmेरिन्छन् । सरकारी नीतिहरु प््राचारप्रचारमुखी छैन । नेपालमा पर्यटन बोर्ड भनेर खडा गरिएको छ । उसले सिमित प्रचार प्रशार गरेको छ । त्यहाँ पनि विवादै विवाद हरेक दिन पत्रपत्रिकामा आइरहेको हुन्छ । जस्तै नेपालको बारेमा सिएनएन, बीबीसी जस्तोमा विज्ञापनहरु वा केही हाल्न सक्ने हो वा ती संस्थाका पत्रकारहरुलाई नेपाल बोलाएर नेपालको वस्तु स्थीतिका बारेमा एक–एक बर्षमा भएपनि गराउने हो भने पनि स्वत धेरै पर्यटक आउँछन । खैत अहिलेसम्म सिएनएनमा न त प्रचारप्रशारको साम्रगी नेपाल पर्यटन बोर्डले राखेको छ । कति कुरा नेपाल जस्तो देशलाई त उनीहरुले सहुलियत एव सस्तोमा पनि विज्ञापन गर्ने मौका दिन्छन् जस्तो लाग्छ । अब त्यो केही पनि खोइ बीबीसिबाट हामीले कार्यक्रमहरु केही सुनेका देखेका छैनौ । हाम्रो कमीकमजोरी जस्तो तपाइले एउटा फिल्म बनाउनु भयो भने त्यसको प्रचार प्रशार कति गर्छन त । त्यो हलसम्म दर्शकलाई पु¥याउने काम प्रोडुशरले गर्छ भने नेपाल सरकारले गर्दैन भने नीजि संस्थालाई तोक्नु प¥यो । तिमीहरुले गर भनेर बजेट दिनु प¥यो । बजेटमा पनि उनीहरु अनभिज्ञ मान्छेहरु लिएर जान्छन् प्रचार प्रसारका लागि । जसले एउटा विदेशीले नेपालको बारेमा सोध्यो भने उनीहरुले भन्नै सकदैनन् । जबसम्म पार्टीगत मान्छे नियुक्त गर्ने चलन चलिरहन्छ तबसम्म कहिले पनि प्रगती हुदैन जस्तो लाग्छ । किनभने पर्यटन बोर्डमा अहिले पनि नीजि क्षेत्रलाई ५ ओटा सिट छ । त्यो ५ ओटा सिटमा पार्टीगत मान्छे छानिन्छ । त्यही भएर प्रशारप्रचार हुन सकेको छैन ।

७) जस्तो तपाइहरुकै पर्यटन व्यवसायीको सस्था टानले पनि खासै काम गर्न सकेको छैन नी ? खालि आर्थिक चलखेल र विवादकै कुरा आइरहेको हुन्छ नी ?

जुन उदेश्य लिएर जुन वेला गठन भयो त्यतिवेला अति राम्रो थियो टान । जव नेपालमा प्रजातन्त्र आयो । शान्ति सम्झौताहरु भए । त्यसपछी संघ सस्थाहरुमा पनि पार्टीगत हावी भयो । त्यो भएपछि यो पनि विग्रएको छ । देशै डामाडोल छ । ganes

८) तपाइ लामो समय देखि पर्यटन ब्यवसयमा हुनुहुन्छ । यस व्यवसायमा लाग्दाका सुखदुख के छन ?

अब हेर्नुस यो व्यवसाय धेरै रमाइलो व्यवसाय हो । धेरै व्यक्ति समुदायसँग चिनजान परिचित भइन्छ । धेरै देशहरु घुम्ने मौका मिल्छ । मिल्यो पनि मलाई । मैले भन्नुपर्दा पर्यटन व्यवसायलाई हामीले राम्रोसँग सञ्चालन ग¥यौ भने एउटा विदेशीलाई खुशी पारेर पठाउन सक्यौ भने उसले १० ओटालाई भन्छ र ५ जना मात्रै आए भनेपनि त्यो ५ जनाले यो पर्यटन बोर्ड वा अरु कसले निकालेको हो एउटा डाटा छ त्यहाँ भनिएको छ एउटा विदेशी आयो भने प्रत्येक्ष रुपमा र अप्रत्यक्ष रुपमा १२ जनालाई फाइदा पुग्दछ । त्यसमा एउटा पर्यटन व्यवसायी देखि लिएर एउटा काउली उत्पादन गर्नेसम्मका किसानसम्म फाइदा पुग्दछ । धेरै नेपालीले राजगारी पाउने भए । धेरै होटलहरु चल्ने भए । विविध फाइदा छ । नेपालमा के भयो भने मैले १०० डलरमा एउटा प्रोग्राम बेँचे भने अर्कोले त्यसैलाई ८० मा कटौती गर्दै गर्दै लास्टमा ४० मा आउने र त्यसलाई कस्ट टु कस्ट गर्ने भए । त्यसरी पनि हाम्रो सर्भिसमा गिरावोट आएको छ । सरकारले प्रचार–प्रचार गर्नुपर्नेमा हामीहरुले आफै पनि प्रचार गरेर पर्यटकहरु भित्राएका छौ । समग्रमा यस पेशामा धेरै दुख पनि छ र सुख पनि छ । त्यसमा पनि यस क्षेत्रको भविष्य भने आशालाग्दो नै छ । सुन्दर छ ।

९) अन्त्यमा, तपाइ पर्यटन व्यवसायको आलवा गायन क्षेत्रमा पनि त्यत्तिकै निपुर्ण हुनुहुन्छ । तपाइले गायन क्षेत्रमा के कस्तो काम गर्नु भएको छ । के कस्ता कृतिहरु बजारमा आएका छन ?

मैले त अहिलेसम्म ८ ओटा एल्बम बजारमा ल्याएको छु । मेरा गीतहरु प्राय सबै लोकगीतहरु नै छन् । म आफै गीतहरु लेख्छु कहिले काँही अरुले लेखेको गीतहरु पनि म गाउँछु । एउटैले सबै कुरा गर्न सक्छ भन्ने हुदैन । एउटा टीम ओर्कले हुने हो काम । मैले धेरै जसो गीतहरु एउटा ठाउँ परिवेशलाई चिनाउने हिसावले गाएको छु । त्यो गीतले पनि त्यो ठाउँमा विदेशी मात्र नभएर नेपाली पनि घुम्न जाउन भन्ने हिसावले लेख्छु । त्यो हिसावले पनि फाइदा छ पर्यटकलाई । मैले पर्यटन सम्बन्धि गीतहरु बनाए । मैले धेरै वृत्तचित्रहरु, ठाउँबेसीलाई जस्तो काठमाण्डौ, पोखरा, चितवन, बाल्मीकी आश्रम, हलेसी महादेव लगायत ठाउँको भिडियो मैले अँग्रेजी तथा नेपाली दुबैमा बनाएको छु । मैले पूर्वाञ्चलमा अन्तु डाँडाको पनि बनाएको छु सुर्योदय हेर्न दोश्रो ठाउँ हो । त्यो बनाएपछि त्यहाँ धेरै मान्छेहरु हेर्न गए भनेर मलाइ बेला बखतमा त्यो क्षेत्रका मान्छेहरुले भन्ने गर्छन । अस्ति पनि मलाई सम्मान गर्ने भनेर एउटा फोन आएको थियो । म तुरुन्तै अमेरिका गइहालेँ । मैले त्यसरी गर्दाखेरी उनीहरुलाई फाइदा हूँदोरहेछ भनेपछि मैले अरु ठाउँको पनि बनाउनु पर्छ भनेर ठाउँ ठाउँको खोजी राखेको छु ।

प्रस्तुती ः रिसव गौतम/देबी चौलागाइ

प्रकाशित २०७३-१२-१४

फेसबुकबाट तपाईको प्रतिक्रिया