“पर्यटन क्षेत्रमा क्रान्ति ल्याउने गरी सरकारले काम गर्दैछ”
काठमाडौँ २१ माघ
प्रधानमन्त्री प्रचण्डले पर्यटन क्षेत्रमा क्रान्ति ल्याउने गरी सरकारले काम अघि बढाइरहेको बताएका छन् । राजधानीमा नेपाल पर्यटन व्यावसायी संगठनको आज आयोजित राष्ट्रिय एकता भेलाको उद्घाटन गर्दै प्रधानमन्त्रीले मुलुकको पर्यटन क्षेत्रले चाडै नै फड्को मार्ने दाबी गरे । उनले सडक, रेल र हवाई मार्गको विस्तार एवम् भौतिक पूर्वाधारको विकासले नेपाल आउने पर्यटकको संख्यामा बृद्धि हुने बताए । प्रधानमन्त्रीले पूर्वदेखि पश्चिमसम्म रेलमार्ग, हुलाकी मार्ग, मध्यपहाडी लोकमार्गको निर्माण अघि बढिरहेको भन्दै चीनसँगको केरुङ, हिल्सा, कोरला, किमाथांका लगायतका नाका खोल्ने तथा केरुङदेखि काठमाडौं रेलमार्गको अध्ययन गर्ने काम अघि बढिरहेको बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया