पर्यटन बर्ष सन् २०२० : घुमफिरमा मनाङ हुनसक्छ उत्तम गन्तब्य

रिसव गौतम

काठमाडौं ८ कात्तिक
पर्यटन बर्ष सन् २०२० नजिकिएको छ । सरकारले आगामी बर्ष २० लाख विदेशी पर्यटक भित्राउने लक्ष्य उदेश्य साथ त्यसको तयारी पनि गरिरहेको छ । थुप्रै पर्यटन सम्बद्ध मेला तथा महोत्सवहरु आयोजना हुने तयारीमा छन् ।
सरकारको लक्ष्य अनुसारको पर्यटकहरु भित्राउन हिमालपारीको जिल्ला भनेर चिनिएको मनाङ र मुस्ताङ दरिलो आधार हुनसक्छ । तर यी गन्तब्यहरुको उचित प्रचार प्रसार भने अप्रर्याप्त लाग्दछन् । उच्च हिमाली भेगका मानविय जिवनशैली, रितिरिवाज एवं पौराणिकता बुझ्न, सुन्दर हिमालहरु, पहाडहरु, नदिहरु र झरनाहरुको दृश्यावलोकन गर्न मनाङ र मुस्ताङ अत्यन्तै आर्कषक गन्तब्य हुनसक्छ । ५१ सय मिटर उचाइमा रहेको विश्वकै उच्च भागको तिलिचो तालको मनमोहक दृश्य अवलोकन गरेर थोरङला पाश गरि मुक्तिनाथ मुस्ताङको पनि दर्शन गर्न सकिने यस रुट पर्यटकका लागि अत्यन्तै उपयुक्त छ । तर जर्जर अवस्थाको बाटो, उचित होटल लजको अभाव लगायतले सरकारको भ्रमण बर्षको तयारी भने कमजोर हो की भन्ने महसुस हुन्छ । र, पनि चुनौतीपूर्ण ट्रेकिङ रुटहरु पार गरेर गन्तब्य स्थहरुसम्म पुग्दा, हिमाल, ताल तलैया र हिमाली जनावरहरुसँग जम्काभेट हुँदा जो कसैको मन भने भरङग हुन्छ ।

तस्विरमा हेर्नुस मनाङ जिल्लामा रहेका सुन्दर हिमाल, झरना, ल्यान्डसाइड र तिलिचो रुट ।

 

तस्विर : रिसव गौतम, नवराज गौतम

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया