पाकिस्तानका पुर्वसैनिक शासक परवेज मुशर्फको अनौठो रहर

काठमाडौँ १८ फागुन
पाकिस्तानका पुर्व सैनिक शासक परवेज मुशर्फ एक टेलिभिजनमा कार्यक्रम प्रस्तोताका रुपमा देखिएका छन्। पाकिस्तानको बोल टिभी मार्फत मुशर्फले समाचार मुलुक कार्यक्रम सचालन गर्ने जनाइएको छ। बोल टिभीले जनाए अनुसार हरेक आईतवार बेलुका ८ बजे मुशर्फको बिशेष कार्यक्रम सचालन गर्ने छन्। कार्यक्रमको पहिलो भाग २६ जनवरीमा देखाइएको थियो।
पुर्व सैनिक शासक परवेज मुशर्फले सचालन गर्ने टेलिभिजन कार्यक्रमको नाम ‘राष्ट्रपति परवेज मुशर्फसँग सबैभन्दा पहिला पाकिस्तान’ राखिएको छ। मुशर्फ अहिले दुवईमा निर्वासनमा रहेका छन्। उपचारकालागी दुवइ जाने अनुमती पाएलगत्तै दुवइ पुगेका मुशर्फ टिभीमा देखिएका हुन।
फेसबुकबाट तपाईको प्रतिक्रिया