पानि धरै परेपछि हाई अलर्टमा नारायणी नदि , यस्तो छ अवस्था

अविरल बर्षाले नारायणी नदीमा पानीको सतह खतरा भन्दा माथि गएको छ । पानीको सतह बढेपछि नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन  आग्रह गरिएको  छ ।

नारायणीको कहाँ कहाँ हाई अलर्ट ?narayani alert

मौसम पुर्वअनुमान महाशाखाका अनुसार चितवनको माडीमा पर्ने छरछरे, कल्याणपुर र बनकट्टामा रिउखोलामा पानीको सतह खतरा भन्दा माथि पुगेको हो  ।

बंगालको खाडी र अरेबियन सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले आज देश भर वर्षा भई रहेको छ  । खास गरी पुर्व र पश्चिमका केहि ठाउँमा ठूलो वर्षा हुने अनुमान गरिएको छ ।  महाशाखाका अनुसार शुक्रबार दिनभरी नै मौसम बदली भै पानि पर्नेछ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया