पाल्पाको छहरामा सिटिजन्सको ६० औं शाखा

बिजनेसपाटी १८ भाद्र ।
पाल्पामा सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो ६० औं शाखा संचालनमा ल्याएको छ । पाल्पाको छहरामा एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले उद्घाटन गरेपछि संचालनमा आएको हो । सोसँगै बैंकको शाखा संख्या ६० पुगेको छ भने ५९ वटा एटीएम र ९७ वटा शाखा रहित आधुनिक बैकिङ्ग सेवाबाट करिब ३ लाख ग्राहकलाई बैंकले सेवा प्रदान गर्दै आएको छ । सो शाखाबाट बैंकले रेमिट्यान्स सेवा, ड्राफट, भिसा एटीएम कार्ड सेवा, भिसा ईन्टरनेशनल डलर कार्ड सेवा लगाएतका विभिन्न किसिमका निक्षेप तथा कर्जा सविधाहरु उपलब्ध हुनेछ । साथै बैंकले शाखा उद्घानको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत श्री भैरव नवदिप माध्यामिक विद्यालय र श्री महाकाली माध्यामिक विद्यालयलाई १ थान कम्प्यूटर प्रदान गरेको थियो ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया