पुँजी बजारको भबिश्य यसकारण सुन्दर
![](https://sp-ao.shortpixel.ai/client/to_webp,q_lossy,ret_img,w_640,h_322/https://businesspati.com/wp-content/uploads/2017/02/durga.jpg)
दुर्गा प्रसाद काफ्ले
कुनै बेला बेलायती रुपैयाँ पाउन्ड साट्नलाई १ नेपाली रुपैयाँ बाराबर ३ पाउन्ड तिर्नु पर्थ्यो रे । जुन बेला जङबहादुरले नेपालको शासन गरेका थिए । कुनैबेला नेपाल कोरिया भन्दा धेरै अगाडी थियो रे । जुन बेला नेपालबाट कोरियाले चामल तथा दाल आफ्नो देशमा लान्थे रे । कुनैबेला नेपाली भनेपछी सारा दुनियाँले सक्तिशाली देशका जनता, बहादुर नेपाली भन्थे । सुन्दा पनि कति रमाइलो । अनि गर्भ लाग्ने यो कुरा आज सुन्दा पनि त्यति बिश्वास नलाग्ने हामीलाई किन ?
यत्रो प्रचुर सम्भावना बोकेको देश, जलस्रोत, जङगल, जमिन, जडिबुटी, दक्ष जनसक्ति हुँदाहुँदै पनि खै के भएको के ? प्राकृतिक सुन्दरता यतिविधी हुँदापनि, आखिर किन भयो यस्तो ? कसको कारण ले ? किन कोरिया त्यति बिकसित छ तर नेपाल यति विधी कमजोर छ ? नेपालमा बिकास नहुनुका कारण के हुन ? अब यसको खोजि–निती गर्ने बेला आएको छ । जमना धेरै अगाडी बढी सक्यो । तर हामी अझै ढुङे युगमै छौ जस्तो लाग्छ । केहि शताब्दी अगाडी त्यति बलियो नेपाली रुपैयाँ आज यो हरि बिजोग किन ? कसरी र कसको कारणले भयो ?
हाम्रो देशमा नेता धेरै जन्मिए तर नेतृत्व जन्मिएन । जन्मियो त केही शतक अगाडी मात्र । अहिले देश नेतृत्व बिहिन जस्तै छ । सवैलाई आफु र आफ्नो पार्टीको मात्र चिन्ता छ तर देश र जनताको चिन्ता कसैलाई छैन । कोही अलि बढी देश र जनताको चिन्ता गर्ने कोही आउमा त्यसलाई के गरेर हुन्छ, असफल बनाउन, गराउन हर कोसिस गरिन्छ र लखेटिन्छ्, ।
हाम्रो देश, हाम्रो देशको राजनीति, हाम्रा नेता, हामी जनता बिचित्रका हुँदा आज हाम्रो देश, हामी नेपाली हेपिनु परेको छ । हामी गरीबीको खाडलमा बाच्नु परेको छ । हाम्रो चिन्तन, हाम्रो बिचार नै गलत भएको पनि हुनसक्छ । हामीले दुख पिडा आत्मसम्मान नपाउनुमा । देश बदल्ने नेताले हो । नेता, नेतृत्व बदल्ने जनताले हो र देश यति विधि पिछडिएको नेता कै कारण हो र त्यस्ता असफल नेता बचाइराख्ने हामी जनता नै हो । त्यसकारण हामी जनताले को सही, को गलत छुट्याउनु पर्छ । अब पनि यो पार्टी त्यो पार्टी भनेर देश नै कङाल बनाउन लाग्नु हुँदैन । आजैबाट सोचौ, आफु, समाज, नेता, देश परिवर्तन तिर लागौ, देश बिकासमा लागांै ।
यो लेखकको आँखा अरुको भन्दा अलि फरक हुनसक्छ । किनभने
सबैले देश बिगारे भन्छन् तर यो लेखक देश नेताले बिगारे तर नेता जनताले बिगारे भन्छ । किनभने नेता चुन्ने जनता नै हो । तसर्थ गलत नेता गलत पार्टीलाई किन चुन्ने ? देश बनाउने पार्टी नेतालाई किन नचुन्ने ? देश बिगार्नेलाई नेता किन बनाउने ? तसर्थ देशले माया गर्ने, देशको प्रगती गर्ने, नेपाली जनताको खुशीमा खुशी हुने नेतालाई अब चुन्नु पर्छ । बिभिन्न बहकाउमा लाग्नु हुन्न देशको माया गरौ । समृद्ध नेपालको परिकल्पना गरौ ।
अर्थन्तन्त्रको बिकास नहुँदासम्म, अर्थन्तन्त्र फराकिलो नहुँदासम्म, नेपाली अर्थतन्त्रका सुचकहरु सकरात्मक नहुँदासम्म देश बिकासको गतीमा अगाडी बड्यो भनेर मान्न सकिन्न । नेपालको अर्थतन्त्र अति नै साघुरो छ । बिकासले गति लिन सकेको छैन । उधोग, कृषि, रोजगारीको बिकास हुन सकेको छैन । देश पुरा रेमिटेन्स्मा चलेको छ । नेता जति हावामा दगुरेका छन् । न योजना छ, न योग्दान नै, बिभिन्न बाहना बन्यो जनता भुलायो ।
नेपालको पँुजी बजारको भबिश्य पनि नेपाली राजनीतिसँग जोडिएको कारणले अब चुनाब पश्चात नेपाली राजनीतिले स्थायित्व पाउनासाथ बजार पनि केही हदसम्म सकरात्मक हुने आशा गर्न सकिन्छ । पँुजी बजारका नियमक निकायले आफ्नो काम गर्ने, आफ्नो काम गरेर अरुलाई आरोप नलगाउने र अनलाईन कारोबार गराउने, शाखा सञ्जाल देशब्यापी बनाउने, मार्जिन लेन्डिङ अलिक खुकुल्लो बनाउने, राष्ट्र बैंकले ब्याजदरमा बैंकलाई अलि कडाइ गर्ने हो भने आगामी दिनमा पुँजीबजारको भविश्य अति नै सुन्दर छ ।
अन्त्यमा, जहा जे–सुकै बिग्रेको, भत्केको भएनी त्यो सबै देशले, पुँजी बजारले असल नेतृत्व नपाउँदाको उपहार हो नेपाली जनता तथा नेपाली लगानीकर्तालाई । तसर्थ अब केही गर्नुपर्छ । आजैबाट सोच्ने पो हो कि ?
प्रकाशित मिति २०७४-५-२०
फेसबुकबाट तपाईको प्रतिक्रिया