पूर्वराजा ज्ञानेन्द्र शाहको सन्देशमा दलहरुको आलोचना हुनु शुभ संकेत होइन : डा भट्टराई

काठमाडौं २३ अशोज

नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहले जारी गरेको शुभकामना सन्देशमा दलहरुको आलोचना गर्नु शुभ संकेत नभएको बताएका छन् ।
ट्वीटरमा लेख्दै भट्टराईले सो कुरा बताएका हुन् । पूर्व राजा शाहले १० वर्षमा राजनीतिक दलहरुले के गर्न सके त भन्दै शुभकामनामा सात बुँदे प्रश्नहरु केही दिनअघि तेर्साएका थिए । भट्टराईले पूर्व राजालाई अरुमाथि औँला उठाउँदा आफूतिर पनि चारवटा औँला फर्कने भन्दै त्यसतर्फ  सचेत गराएका छन् ।

डा भट्टराईले लेखेका छन् :

वडा दशैंको शुभकामना सन्देशमा पूर्वराजाले जनता र दलहरूलाई ७-वुँदे प्रश्नको झटारोहान्नु शुभसंकेत हैन।१औंला अरूतिर फर्काउँदा ४ आफुतिर फर्किन्छ है !

फेसबुकबाट तपाईको प्रतिक्रिया