पूर्वराजा र कमल थापाले गरे कानेखुसी
काठ २६ अशोज
पूर्वराजा ज्ञानेन्द्र शाहले बडादसैँका अवसरमा सर्वसाधरणलाई टीका लगाइदिएका छन्।
निर्मल निवासमा हिजो दिउँसो ३ः३० बजेदेखि पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल शाहले संयुक्तरुपमा टीका लगाई सर्वसाधरणलाई आशिर्वाद दिए ।
टीका लगाउन मध्याह्नदेखिनै निर्मल निवासमा भीड लागेको थियो । टिक थाप्नका लागि पञ्चायतकालका राजनीतिज्ञ, पूर्व प्रशासक, तत्कालीन साही नेपाली सेनाका उच्च पदाधिकारीलगायतको बाक्लो उपस्थिति थियो ।
सबैभन्दा पहिला पूर्व उपप्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले लगाए। त्यसक्रममा उनीहरुबीचमा केहीबेर राजनीतिक कानेखुसी समेत भएको अध्यक्ष थापाले आफ्नो ट्वीटमा उल्लेख गर्नुभएको छ । रासस
फेसबुकबाट तपाईको प्रतिक्रिया