प्रचण्डले पाए ६० पोलिटब्यूरो छनौट गर्ने जिम्मा

काठमाडौं ३ साउन, ।

माओवादी केन्द्रले ६० जना पोलिटब्यूरो सदस्य छनौट गर्ने जिम्मा पार्टी अध्यक्ष  प्रचण्डलाई दिएको छ । प्रचण्ड निवास लाजिम्पाटमा बसेको केन्द्रीय कार्यालयको बैठकले रिक्त ७७ मध्ये ६० जना तत्काल मनोनित गर्ने निर्णय गरेको हो । र, उनीहरुको छनौट गर्ने जिम्मा पार्टी अध्यक्षलाई दिइएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया