प्रतिपक्षी दलका नेता प्रचण्ड संसदमा बोल्दै, प्रधानमन्त्रीको उपस्थिति नहुने

काठमाडौं, फागुन २७ । प्रतिनिधि सभाको आज (मंगलबार) हुने बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बोल्दैछन्। तर पूर्वनिर्धारित तालिका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको विराटनगर जाने भएका कारण प्रचण्ड बोल्दा उनको उपस्थिति नहुने देखियो ।
सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रतिपक्षी दल नेता प्रचण्डले संसदलाई गर्ने सम्बोधनका बारेमा छलफल भएको थियो ।
संसदमा प्रमुख प्रतिपक्षी दलका नेता बोल्दा प्रधानमन्त्रीको उपस्थिति र प्रधानमन्त्री बोल्दा प्रतिपक्षी दलका नेताको उपस्थित हुने परम्परा भए पनि मंगलबारको बैंकठमा भने प्रधानमन्त्रीको उपस्थिति नदेखिने निश्चित छ । यसअघि गत माघ २४ गते प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले प्रतिनिधि सभामा सम्बोधन गर्दा पनि प्रधानमन्त्री ओलीको उपस्थिति थिएन । तिबेला प्रचण्डले प्रधानमन्त्री बैठकमा नदेखिएको भन्दै रोस्टमबाटै असन्तुष्टि समेत जनाएका थिए। त्यतिबेला प्रधानमन्त्रीको सचिवालयले औपचारिक जानकारी प्राप्त नभएकाले उनी अनुपस्थित रहेको बताएका थिए।
प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली मंगलबारको प्रतिनिधि सभा बैठकमा उपस्थित नहुने निश्चि छ । किनभने प्रधानमन्त्री ओली कोशी प्रदेश सभालाई सम्बोधन गर्न र पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्न विराटनगर जाने कार्यक्रम छ । ओलीले दिउँसो २ बजे कोशी प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रम छ भने प्रतिनिधि सभा बैठक मंगलबार दिउँसो १ बजेलाई बोलाइएको छ। प्रतिनिधिसभाको बैठकको समय र कोशी प्रदेश सभाको सम्बोधन कार्यक्रमको समय एउटै भएकाले प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा बैठकमा उपस्थिति नरहने उनको सचिवालयले जानकारी दिएको छ।
मंगलबारको प्रतिनिधिसभाको बैठकको विशेष समयमा सांसदहरूले विभिन्न विषय उठाउनेछन् । यसका अलावा सभामा आमसञ्चार विधेयक अगाडि बढाउने कार्यक्रम छ ।
यस्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले आमसञ्चार विधेयक २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
त्यसैगरी कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले उपभोक्ता अदालतको गठनसम्बन्धी सूचना टेबुल गर्ने कार्यसूची छ भने वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले मोन्ट्रियल प्रोटोकल किगाली संशोधन संसदले अनुमोदन गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जानकारी गराएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया