प्रतिवन्धित भारु नोट साट्न देउवाले पहल गर्ने

भीमदत्तनगर ७ मंसिर  ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भारत सरकारले भारु पाँच सय र हजारको नोटमा लगाएको प्रतिबन्धका विषयमा आफूले प्रधानमन्त्री र नेपालका लागि भारतीय राजदूतसँग कुराकानी गर्ने बताएका छन्।
पार्टी सभापतिमा निर्वाचित भएपछि पहिलो पटक कञ्चनपुर आएका नेता देउवाले भने–“नेपालमा रहेको भारु नोटका विषयमा म समस्या समाधानका लागि पहल गर्छु, भारतमा मजदुरी गरेका र सीमा क्षेत्रका जनतासित भएको नोटको व्यवस्थापन हुनु जरुरी छ ।” भारु नोटको व्यवस्थापन हुन नसके नेपाली  पनि प्रभावित हुने उनले बताए। -रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया