प्रधानमन्त्रीले भाइटीकामा बहिनीलाई बालुवाटार बोलाए तर टिका लगाएनन्

काठमाडौ १६ कार्तिक

यसपालीको तिहारमा पनि प्रधानमन्त्री पुष्पकमल दाहालले  टीका लगाएनन् । उनले आफ्ना बहिनीसँग विगत २३ वर्षदेखि टिका लगाएका छैनन् । २०५२ सालमा सशस्त्र युद्ध सुरु गरेसँग दाहालले तिहारमा टीका लगाउन छोडेका हुन् । टीका नलगाएपनि उनले आफ्ना पाँच बहिनीलाई भेटघाटका लागि भाटिकाका दिन बालुवाटार बोलाए । त्यस्तै दाहालले दसैंमा पनि टीका लगाएनन् । तर दाहालका पाँच बहिनीले उनका भाइ गंगाराम दाहालसँग भने टीका लगाउने गरेका छन् ।

बहिनि अप्सराले प्रधानमन्त्री प्रचण्डको इच्छा नै आफूहरुको खुशी भएको बताइन्। उनले भनिन्, ‘दाइको इच्छा नै हाम्रो खुशी हो।’ दाइले टीका लगाउनैपर्छ भन्ने दिदीबहिनीको जिकिर नभएको उनले प्रष्ट पारिन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया