प्रभु बैँकका ग्राहकलाई त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल नजिक रेष्टुरेन्टमा विशेष छुट

काठमाडौं ४असार २०८१-प्रभु बैँकका कर्मचारीहरु तथा ग्राहकवर्गहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल नजिकै अवस्थित T3 Thakali and Multi Cusinie / Saino Tandoori & Sekuwa Cornerले विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।एक समारोहका बिच सम्पन्न सम्झौतामा T3 थकाली ग्रुप प्रा.ली.का अध्यक्ष÷प्रमुख कार्यकारी अधिकृत विवेक तुलाचन र प्रभु बैँकका तर्फबाट बाग्मति प्रदेश प्रमुख अधिकृत बिकास शर्मा गुरागाई द्घारा हस्ताक्षर भएको छ ।सम्झौताअनुसार प्रभु बैँकका कर्मचारीहरु तथा ग्राहकवर्गहरुले बैँकसँगको आबद्धता प्रमाणका आधारमा रेष्टुरेन्टमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा १०% छुट प्राप्त गर्न सक्ने बैँकले जनाएको छ ।


दैनिक लाखौको संख्यामा स्वदेशी तथा विदेशी मानिसहरुको आवत जावत हुने स्थान हो विमानस्थल, जहाँ मानिसहरु आफन्तलाई लिन र पु्याँउनका लागि आउने जाने गर्दछन । यस्तै कामको चटारोमा मानिसहरु खाना तथा खाजा समेत नखाई कुद्ने गर्दछन यिनै मानिसहरु र स्वादका पारखिका लागि मध्यनजर गर्दे T3 Thakali and Multi Cusinie / Saino Tandoori & Sekuwa Corner ले एयरपोर्टको मुख्य द्धारको पूर्वपट्टिको लाईनमा आºनो २४ घण्टे सेवा संचालनमा ल्याएको छ । सो अनुसार यहाँ आउने जो कोहीले पनि T3 Thakali and Multi Cusinie मा थकाली खाना को स्वाद लिन सक्नेछन् भने Saino Tandoori & Sekuwa Corner मा नान, तन्दुरी, सेकुवा जस्ता परिकारहरु चौबिसै घण्टा पाईने छ । साथै यथस्ट सशुल्क पार्किङ्ग को पनि व्यवस्था रहेको छ ।


ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०७ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छसाथै,लण्डन स्थित दि फाईनान्सियल टाईम्सले बैँक अफ दि ईयर–२०२३ बाट सम्मानित प्रभु बैँक, छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया