प्रभु लाइफ इन्स्योरेन्सको सिइओमा सन्तोष प्रसाई नियुक्त

काठमाण्डौ ११ जेष्ठ २०७९ ।

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त भएका छन् । आज वुधबार प्रसाईलाई बीमा समितिले अनुमति दिए लगत्तै कम्पनीको संचालक समितिले आजैबाट लागू हुने गरी नियुक्त गरेको हो । उक्त अवसरमा कम्पनीका अध्यक्ष सुभाष अमात्यबाट सन्तोष प्रसाईले सपथ ग्रहण समेत गरेका हुन् । उनले आजै पदभार ग्रहण समेत गरेका छन् । प्रसाईको अग्रतामा कम्पनीले नयाँ उचाई लिनेमा संचालक समिति तथा सम्पूर्ण कर्मचारीहरुले विश्वास लिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया