प्राधिकरणका सीईओ हटाएपछि ओलीको यस्तो जवाफ

काठमाडौं २१ पौष  ।

एमाले अध्यक्ष केपी ओलीले पुनर्निर्माण प्राधिरकणबाट सरकारमा रहेकाले पैसा नपाएकाले सीईओ सुशील ज्ञवालीलाई हटाइएको बताएका छन् । पार्टी कार्यालय धुम्वाराहीमा भएको कार्यक्रममा उनले सो  बताएका हुन् । उनले पाँच महिनामा सरकारले पुनर्निर्माणमा सिन्को पनि नभाँचेको बताउँदै भने,“भूकम्प पीडित अहिले पनि पाल मुनि छन् । सरकारले यो समयमा सिन्को पनि भाँचेको छैन । निर्देशक समितिले दिएको सल्लाह समेत सरकारले मानेन । सीईओ फेर्न सरकार बनेदेखि नै असहयोग गरियो । सीईओ हटाउन कानुनले पनि मिल्दैन । सीईओ हटाउनु घिनलाग्दो खेल हो । तालिमका लागि पैसा नपाएपछि हटाइयो ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया