फुटवयर व्यवसायी भन्छन् ‘अवैध आयातले स्वदेशी उत्पादन मारमा छ’

काठमाडौं २४ पुस २०७९।

पुस २१ गतेदेखि २३ गतेसम्म जुत्ता उत्पादक संघ, नेपालको पहलमा “स्वदेशी उत्पादनको प्रयोगः आत्मनिर्भरताको आधार” को नारा दिँदै १६ औं अन्तराष्ट्रिय फुटवेयर औधोगिक प्रदर्शनी सम्पन्न भएको छ । प्रदर्शनीलाई आर्थिक मन्दीको अवस्थामा पनि चासो र महत्वसाथ हेरिएको थियो । यो प्रदर्शनीलाई अन्तराष्ट्रिय प्रदर्शनीका रुपमा लिइएको थियो । नेपाली उत्पादनको गुणस्तर के कस्तो छ भन्ने चासोलाई सम्पूर्ण स्वदेशी डिलर, थोक विक्रेता, खुद्रा विक्रेता एवं उपभोक्ता साथै विक्रेता र क्रेतालाई जानकारी गराउनु नै अन्तराष्ट्रिय प्रदर्शनीको मूल उद्देश्य रहेको थियो ।

नेपाली जुत्ता–चप्पल तथा छालाजन्य वस्तु उद्योगको सङ्ख्या एक हजार पाँच सय रहेका छन् । क्षमताको हिसावले १६ करोड जोर जुत्ता उत्पादन हुन्छ तर अहिले नेपाली उद्योगले वार्षिक पाँच करोड जोर उत्पादन गर्दै आएका छन् । यो क्षमताको ३५ देखि ४० प्रतिशत मात्रै हो । यस क्षेत्रमा रु ३० अर्वभन्दा बढीको लगानी छ । जुत्ता कम्पनीले ५५ हजार भन्दा बढीलाई रोजगारी दिएका छन् । स्वदेशमै उद्योगको उत्पादन बढाउनुपर्छ र त्यसको बजारीकरण स्वदेशमै हुन सक्यो भने मात्रै आत्मनिर्भर अर्थतन्त्रले मूर्त रुप पाउन सक्छ । जुत्ता–चप्पलमा नेपाल आत्मनिर्भर हुनलाई धेरै समय कुर्न पर्दैन । अवैद्य चोरी पैठारी र आयातलाई नियन्त्रण गर्न सके त्यस क्षेत्रमा ठूलो विकास गर्न सकिने सम्भावना छ । ६० प्रतिशतभन्दा बढी कच्चापदार्थ विदेशबाट आयात गरी उद्योग लगाउनु पर्ने अवस्थाबाट उद्योगहरु ग्रसित छन् । महंगो भन्सार तिररे भित्र्याउने कच्चापदार्थको उपयोगबाट निर्मित उत्पादकहरुले विदशेबाट आयात भएका उत्पादकहरुसँग प्रतिस्पर्धा गर्न कठिनाई भोगिरहेको अवस्था छ । जुत्ता–चप्पल उद्योगमा भएको समस्याहरु र औद्योगिक प्रदर्शनबारे हाम्रा प्रतिनिधिहरुले उत्पादक कम्पनीसँग गरेको संवादका अंश।

रविनकुमार श्रेष्ठ
पूर्व अध्यक्ष, फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएसन अफ नेपाल
संचालक: कोसेली छाला जुत्ता उद्योग, बालाजु, काठमाडौं

कच्चा पद्धार्थको भन्सार दर घटाउने हो भने आयातित जुत्ता–चप्पलसँग प्रतिस्पर्धा गर्न सक्छौं :
नेपाली जुत्ता–चप्पल बजारको अवस्थाको बारेमा श्रेष्ठ भन्नु हुन्छ – आर्थिक मन्दीको प्रभावले जुत्ता–चप्पलको बजार त्यति उत्साह छैन । सरकारले हामी व्यवसायी उद्योगीहरुलाई थुप्रै राम्रा राम्रा नीति नियम बनाउँछ तर त्यसको कार्यान्वयन छैन । नीति बनाउने र कार्यान्वयन नगर्ने हो भने त्यसको कुनै अर्थ छैन । यो प्रदर्शनी हामीले खासगरी फुटवेयर व्यवसायीको व्यवसायिक प्रवद्र्धनका लागि गरेका हौ । त्यति मात्र होइन जुत्ता–चप्पल उत्पादन, बजारीकरण, प्रर्वधनका अनेकन समस्याका बीच नेपाली जुत्ता उत्पादक व्यवसायीले स्वदेशी उत्पादनबारे नेपाली र अन्तरराष्ट्रिय विक्रेता र उपभोक्तालाई जानकारी दिने उद्देश्यले यो प्रदर्शनी गरिएको हो । जुत्ता–चप्पल उद्योगका समस्याहरुबारे श्रेष्ठ थप प्रष्ट पार्दै भन्नुहुन्छ – स्वदेशी उद्योगले प्रयोग गर्ने कच्चा पदार्थमा भने पुरै भन्सार लाग्ने गरेको छ । भारतीय नाकाबाट निर्वाद रुपमा ठूलो परिणाममा हुने चोरी पैठारीका कारणले अभैm पनि हाम्रो बजारमा विदेशी जुत्ता–चप्पलले बाहुल्यता रहेको छ । यसो हुनुको पछाडि हाम्रा उद्योगहरुले प्रयोग गर्ने कच्चापद्धार्थको भन्सार दर बढी हुनु र विदेशी तयारी जुत्ता–चप्पलको भन्सार दर कम हुनु हो । चोरी पैठारी गरेको जुत्ता–चप्पलहरु खुद्रा व्यापारीले सजिलै बेच्छन् । बजार अनुगमन छैन । सीमा नाकामा सुरक्षार्की छैनन् । सानाव्यवसायीहरु करको दायरामा छैनन् । उनीहरुलाई राज्यले करको दायरामा ल्याउन सकेको छैन । साना व्यवसायीलाई करको दायरामा ल्याउने हो भने चोरी पैठारीका बस्तुहरु उनीहरुले किन्न बेच्न सक्दैनन् । हामीले जुत्ता–चप्पलको लागि चाहिने कच्चापदार्थको उत्पादन स्वदेशमा गर्न थालेका छौ । सरकार उद्योगमैत्री बन्न सक्यो र बनाएका नीतिहरु मात्र कार्यान्वयन ग¥यो भने हामीलाई निकै सहज हुन्छ । सरकारले वातावरण बनाई दिनमात्र पुग्छ । हामी सरकारसँग धेरै कुराको अपेक्षा गर्दैनौं ।
सरकारी अफिसमा स्वदेशी वस्तु प्रयोग गर्ने नीति छ । तर कार्यान्वयन एकदमै कमजोर छ । यसलाई व्यवस्थित रुपमा कार्यान्वयन गर्न सक्यो भने मात्रै पनि नेपाली जुत्ताको बजार विस्तार र महत्वमा वृद्धि स्वतःहुनेछ । यस तर्पm राज्यको विशेष ध्यान जानु आवश्यक छ ।

के.डि.सुज इण्डष्ट्रिज बूढानिलकण्ठ, काठमाडौं
प्रो.कालीदास गोतामे

अवैध रुपमा चोरी पैठारीबाट भित्रिने सामानले गर्दा प्रतिस्पर्धा क्षमता कमजोर भएको छ :
जुत्ता–चप्पल उद्योगका समस्याबारे गोतामे भन्नु हुन्छ – पछिल्लो समयको प्रतिकुल अवस्थाका कारण उद्योगी व्यवसायीहरु अप्ठ्यारो अवस्थामा छन् । जुत्ता–चप्पल उद्योगमा मूलत २÷३ वटा समस्या रहेका छन् । राज्यको भन्सार नीति ठिक छैन । जुत्ता–चप्पलको कच्चापद्धार्थमा लाग्ने भन्सार दर÷मूल्यांकन बढी छ । जसले गर्दा विदेशी बस्तुसँग हामी प्रतिस्पर्धा गर्न सक्दैनांै । विदेशबाट ल्याइने तयारी जुत्ता–चप्पलको भन्सार पनि कच्चापदार्थकै हाराहारीमा छ । जसले गर्दाहामीलाई अन्याय परेको छ । हामी विदेशी कालीगढको निर्भिरतामा छौं । स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्ने दिशामा हामी एकदमै कमजोर छौं । सरकारले पनि वेवास्ता गरेको छ । बढ्दो व्याजदर र तरलता अभावले पनि हामी उद्योगीहरुलाई थप समस्या पारेको छ । उद्योग व्यवसाय चलाउन हामीले तिर्ने भाडामा पनि एकदमै वृद्धि छ । कारोवारको २०% मुस्किलले लोन दिने गरेको छ जसले हामीलाई एक छेउ पनि पुग्दैन। कच्चापदार्थमा भन्सार दर कमहुने हो भने हामीजुत्तामा सजिलै प्रतिस्पर्धा गर्न सक्छौ । सरकारले अवैद्य रुपमा चोरी पैठारीबाट भित्रने विदेशी उत्पादनले पनि व्यवसायीलाई समस्या पारेको छ । सरकार लोकप्रियवादको पछि नलागेर राजस्व चुहावट तथा नियन्त्रण, सीमा क्षेत्रको अवैद्य व्यापार निस्तेज र भ्रष्टाचारमा शून्य सहनशीलता ठोस कदम चाल्नु पर्छ ।जुत्ता उत्पादनको संयोजकत्वमा भएको १६ औं अन्तराष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी हिजो गरिएका कर्मकाण्डी प्रदर्शनीभन्दा विलकुलै फरक रहन गयो । कार्यक्रममा राष्ट्रपति समेतको आगमनले निकै राम्रो हुन पुग्यो । अवका दिन ‘नेपालको धन स्वदेशी उत्पादन’ भन्ने कुरालाई मनन् गरिएन भने नेपालको अर्थतन्त्र अत्यन्त कमजोर हुनगई परनिर्भरता अझ बढ्ने छ । दुई छाक खान र लगाउनको लागि हाम्रा युवाहरु विदेशमा जानुपर्ने बाध्यता हुन्छ ।

क्लासिक फुटवेयर्स प्रा.लि.
टोखा, काठमाडौं
प्रा. पुरुषोत्तम भण्डारी

बैंकको व्याजदर तथा तरलता अभावले समस्या छ :
नेपाली जुत्ताबजार अहिले संकटग्रस्त छ । चोरी पैठारीबाट अवैद्य रुपमा भित्रिएका सामानले गर्दा हाम्रा सामानहरु विक्री गर्न सकिरहेका छैनौं । प्रतिस्पर्धी क्षमता हुँदाहुदै पनि हाम्रा उत्पादनले बजार लिन सकेको छैनौ । हाम्रो लगानीको कुने ग्यारेन्टी छैन । लगानी अनुसारको प्रतिफल पाउन अत्यन्तै गाह्रो छ । जुत्ता उत्पादक संघले चोरी निकासी, अवैध रुपमा भित्रिएका सामानलाई रोक्न सरकार तथा सम्बन्धित पक्षमा जाहेर गर्दा कुनै सहयोग तथा पहल कदमी हुन सकेको छैन । हामीले ल्याउने कच्चा पदार्थमा भन्सार वृद्धि उच्च छ । तयारी सामान ल्याए बरावरको भन्सार चार्ज लिइएको छ । ६० प्रतिशतभन्दा बढी कच्चा पदार्थ विदेशबाट आयात गरी उद्योग चलाउनु पर्ने अवस्थाबाट उद्योगहर ग्रसित छन् । महंगो भन्सार तिरेर भित्र्याइने कच्चाको उपयोगबाट निर्मित उत्पादनहरुले विदेशबाट आयात भएका उत्पादनसँग प्रतिस्पर्धा गर्न कठिनाई भोगिरहेको अवस्था छ । बैंकिङ तरलता तथा बढ्दो व्याजदर अर्को ठूलो समस्याको रुपमा खडा भएको छ । नेपाली ब्राण्ड बेच्न सकेका छैनौं । टे«डमार्क लीन हामीलाई ३÷४ वर्ष कुर्नु पर्ने अवस्था छ । नेपाली कालीगढको पनि समस्या छ । उनीहरुमा लगनशीलताको अभाव छ । नेपाली उपभोक्ताको मनोवृत्त स्वदेशी सामानमा नकारात्मक भावना छ । विदेशी सामानमात्र राम्रा हुन्छन् भन्ने मनोविज्ञान उच्च छ । बजारको टे«ण्ड अत्यन्त विग्रेको छ । उधारोमा बेच्नु पर्ने अवस्था छ । कतिपय अवस्थामा सावा नै गुम्ने अवस्था छ । सरकारको औद्योगिक नीति कागजमा सिमीत छ । सरकारले धेरै संभावना बोकेको फुटवेयर उत्पादन क्षेत्रलाई राज्यले संरक्षण गर्न सके जुत्ता–चप्पलको उत्पादनसँग जोडिएको क्षेत्र मात्र होइन योसँग जोडिएका कच्चापदार्थको क्षेत्रलाई समेत फड्को मार्ने देखिन्छ ।

होमनाथ उपाध्याय
पूर्व अध्यक्ष फुटवेयर म्यानुफ्याक्चर्स एशोसियशनअफ नेपाल
उद्योगको नाम: बेस फुटवेयर डियरहिल प्रा.लि.

अवैध आयात तथा न्यून विजिकिरण कायम गरेर भित्रिने उत्पादनले स्वदेशी उत्पादनलाई मार

फुटवेयर बजारको अवस्थाको बारेमा उपाध्याय भन्नुहुन्छ – अवैद्य रुपमा भित्रिएका चोरी पैठारीबाट आएका जुत्ता–चप्पलले हामीलाई मुख्य समस्या पारेको छ । भन्सार छलेर कुनै कर नतिरी आएका सामानहरु विक्रेताले कम मूल्यमा बेचेपछि हाम्रा उत्पादनहरु बेच्न गाह्रो भएको छ । सरकारको मौद्रिक नीतिले पनि अहिले समस्या पारेको छ । सीमा क्षेत्रमा भएको अवैध कारोवार रोक्न हामीले गृह मन्त्रालय, भन्सार विभाग तथा आन्तरिक राजस्व कार्यालय सवैमा हाम्रा समस्या राख्यौ तर उनीहरुले त्यो समस्या हल गर्न सकेका छनन् । सरकारले पनि त्यो नियन्त्रण गर्न नसकेको हो । कोरोनाको समयमा सीमा नाकामा सुरक्षा निकाय कोराना नियन्त्रणमा खटेका थियो । त्यसबेला अवैध पैठारी रोकिएको थियो । त्यसबेला कुनै चलखेल थिएन । हामीसँग निर्यात गर्ने क्षमता हुँदाहुदै पनि विभिन्न कारणले विदेशी बस्तुसँग प्रतिस्पर्धा गर्न सकेका छैन । कच्चापदार्थको आयातमा भन्सार दर उच्च हुनु, बैंकिङ तरलता तथा बढ्दो व्याजदर, दक्ष जनशक्तिको अभाव विदेशी कालीगढसँगको परनिर्भरता आदि विभिन्न कारणले हामीलाई समस्या पारेको छ । राज्यले यो क्षेत्रलाई प्राथमिकता दिन सकेको छैन । एउटा भियतनामको उदाहरण हेरौं यहाँ १०+२ गरेपछि जुत्ता–चप्पल बनाउने तालिम दिइन्छ । हरेक विद्यार्थी जुत्ता–चप्पल बनाउने कुरामा दक्ष हुन्छन् । आफ्नो समय मिलाएर उनीहरुले काम गर्छन् । त्यो देशमा कुलग्राहस्थ उत्पादन १५ मा जुत्ता–चप्पलको क्षेत्रको १५ प्रतिशत योगदान पु¥याएको छ । हाम्रो देशको सरकारले त्यहाँबाट सिक्न जरुरी छ । यो क्षेत्रलाई सवल बनाउन वैदेशिक लगानी भित्र्याउनु पर्छ । प्रतिस्पर्धी क्षमता बढाई हाम्रा बस्तुहरु विश्व बजारमा पु¥याई विदेशी मुद्रा आर्जन गर्न सक्नुपर्छ । अहिलेको औद्योगिक नीति परिमार्जन गर्नुपर्छ । अहिले भइराखेको १६ औं अन्तराष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी पहिलाकोभन्दा फरक छ । पहिलेका प्रदर्शन उपभोक्ता लक्षित थियो भने अहिलेको जुत्ता–चप्पल व्यवसायी, थोक तथा खुद्रा विक्रेता लक्षित छ । अहिलेको प्रदर्शनीमा ४० वटा स्टलहरु बाहिर छन् । मसिन, टेकनोलोजी,प्रविधि, कच्चा पदार्थको उद्योगसँग सम्बन्धित स्टलहरु छन् । जसले गर्दा हामीलाई समेत धेरै कुराको ज्ञान हुनगएको छ ।

फेमस फुटवेयर, बौद्ध काठमाडौं
झविलाल पौडेल

कच्चा पदार्थमा लगाइएको भन्सार दरले समस्या पारेको :

कोभिडपछि यो बजार उठ्न नसकी थला परेको छ । विश्वव्यापी रुपमा रहेको आर्थिक मन्दीले पनि हामीलाई समस्या परेको छ । त्यो भन्दा पनि अवैध रुपमा भित्रिएका चोरी पैठारीले पनि हामीलाई समस्या पारेको छ । हाम्रा उद्योगहरुलाई चाहिने कच्चापदार्थ भारत र चीनसँग निर्भर रहनु परेको छ । कच्चा पदार्थमा लगाइएको भन्सार दर निकै छ । जसले गर्दा हामीलाई विदेशी सामानसँग प्रतिस्पर्धा गर्न सकिएको छैन । दक्ष नेपाली कालीगढको पनि समस्या छ । नेपाली युवाहरु खाडी मुलुकगएर ३०÷४० हजार कमाउदा खुसी हुन्छन् । तर स्वदेशमै बसेर जुत्ता–चप्पलको काम गरेर ३०÷४० हजार कमाउदा दुःखी हुन्छन् । यो मैले बुझ्न सकिरहेको छुईन । अशिक्षाको कारणले यसो भएको हुन सक्छ । नेपाली युवाहरुलाई सिटीभिटीको तालिम दिएर दक्ष बनाई स्वदेशमै रोजगारीको सिर्जना गर्नसके अत्यन्तै राम्रो हुन्छ । यसले सवल अर्थतन्त्र बन्ने दिशामा सघाउ पुग्ने छ । नेपाली उत्पादनको नक्कल गरिनु, कच्चापदार्थ आयातमा बैंकिङ प्रणालीको विकास हुन नसक्नु सहुलियत व्याजदरमा ऋण नपाउनु, बैंकहरु उद्योग मैत्री नहुनु जस्ता समस्याले हामी स्वदेशी उद्योगहरु ग्रसित छौं । भन्सार विन्दुबाट छुटाइने कच्चापदार्थ महंगो मूल्य तिर्नु पर्दा नेपाली उद्योगहरु मारमा पर्र्दै आएका छन् भने अर्कोतर्पm अवैध रुपमा न्यून विजिकीकरण गरेर भित्रिने उत्पादनले हाम्रा उत्पादनलाई मारमा पारेको छ । तसर्थ सवै अंगले चासो दिई अवैध आयात नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न आवश्यक छ ।

एपेक्स सुज इष्डष्ट्रिज, न्यूरोड काठमाडौं

प्रोपाइटर : विष्णुप्रसाद पौडेल, रमेश पौडेल

अवैध रुपमा चोरी पैठारीबाट भित्रिने विदेशी उत्पादनले समस्या बनाएको छ :

नेपाली जुत्ता(चप्पलमा भएका समस्याबारे पौडेल भन्छन्( नेपाली जुत्ता(चप्पलको माग बढ्दो छ । तर, अवैधरुपमा चोरी पैठारीबाट भित्रिने विदेशी उत्पादनले तथा न्यून विजकीकरणमा छुटाइने सामानले हामीलाई प्रतिस्पर्धा गर्न गाह्रो भएको छ । गाह्रो मात्र होइन कतिपय उद्योगीहरु पलायन हुनुपर्ने स्थिति पैदा भएको छ ।

स्वदेशमा पूर्ण रुपमा कच्चा पदार्थको प्राप्ति नहुनु अर्को समस्या हो । झण्डै ७० प्रतिशत कच्चा पदार्थमा परनिर्भर हुनुपरेको छ । त्यस्तो कच्चा पदार्थमा भन्सार दर उच्च छ । जनशक्ति अभाव नेपाली जुत्ताले झेल्दै आएको सबैभन्दा ठूलो समस्या हो । बैंकिङ तरलता र बढ्दो ब्याजदरले पनि हामी उद्योगीहरुलाई समस्या पारेको छ । लगानीअनुसारको प्रतिफल पाउन सकिएको छैन । यो क्षेत्रलाई सबल बनाउन खुला सिमाना नियन्त्रण गर्नुपर्छ । बैंकको ब्याजदर उद्योगीहरुलाई अरुकोभन्दा फरक अर्थात कमदर हुनुपर्छ । कच्चा पदार्थमा लगाइने भन्सार दर न्यून हुनुपर्छ । यी सबै भएको खण्डमा हामी विदेशी वस्तुसँग प्रतिस्पर्धा गर्न सक्छौं । अहिलेको अवस्थामा आयात प्रतिस्थापन गर्न सकियो भने राज्यको व्यापारघाटामा पनि सुधार आउन सक्छ । सरकारले समाजवाद उन्मुख अर्थतन्त्रको परिकल्पना गरेको छ । तर, त्यो व्यवहारिक रुपमा अगाडि बढेको छैन ।

अर्थतन्त्रको चरित्र अहिले उत्पादनमुखी र निर्यातमुखी नभएर आयातमुखी र रेमिट्यान्समुखी भएको छ । सरकारले तीनखम्बे अर्थनीति लिएको छ ( सरकारी, निजी र सहकारी । निजी क्षेत्रले अर्थतन्त्रको राजस्वमा ७० प्रतिशत हिस्सा ओगटेको छ । तर, राज्य निजी क्षेत्रमैत्री छैन । राज्य उद्योगमैत्री छैन । जसले गर्दा उद्यमी व्यवसायीहरु समस्यामा परेका छन् ।

टिपिकल फुटवेयर प्रा‍. लि., थानकोट, काठमाडौं

प्रो. रामकृष्ण श्रेष्ठ

क्षिणी खुला सिमाबाट हुने चोरी पैठारी प्रमुख समस्या

नेपाली जुत्ता(चप्पल उत्पादन तथा बजारको समस्याबारे श्रेष्ठ भन्छन् ( यो बजारमा मुख्य गरेर तीन चारवटा समस्याहरु रहेका छन् । पहिलो समस्या अवैध रुपमा चोरी पैठारीबाट भित्रिने विदेशी उत्पादन हो । यस्ता उत्पादनहरु भन्सार छलेर आउँदा हाम्रो उत्पादनभन्दा सस्तो पर्ने हुँदा हामी प्रतिस्पर्धा गर्न सक्दैनौं । दक्षिणी खुला सिमाको कारण यो समस्या निराकरण गर्न निकै अप्ठ्यारो परेको छ । हाम्रो जुत्ता उत्पाक संघले गृह मन्त्रालय तथा अन्य सम्बन्धित निकायमा यो समस्याप्रति पटक पटक पहल गरेपनि हामीले आश्वासन मात्र पाएका छौं । दोस्रो समस्या नेपाली दक्ष कालिगढको अभाव छ । जसले गर्दा विदेशी कालीगढसँग परनिर्भर हुनुपरेको छ । विदेशी लालिगढलाई टिकाउन अलिक बढी पारिश्रमिक दिनुपर्ने बाध्यता छ । जसले गर्दा हामीलाई प्रतिस्पर्धी मूल्य राख्न गाह्रो छ । तेस्रो समस्या हाम्रो उद्योगलाई चाहिने कच्चा पदार्थमा हामी आत्मनिर्भर छौं( कच्चा पदार्थमा । बाह्य देशबाट कच्चा पदार्थ ल्याउँदा भन्सार दरमसमेत उच्च छ । चौथो समस्या वित्तीय समस्या हो । बैंकिङ तरलता र बढ्दो ब्याजदरले समेत हामीलाई समस्या परेको छ । वस्तु उत्पादन लागत बढ्दा माग कम भएको छ । यस्तो अवस्थामा हाम्रा सामानहरु थन्किएर बस्ने गरेका छन् । कतिपय अवस्थामा लागत मूल्यभन्दा पनि कममा बेच्नुपर्ने अवस्था आउने गरेको छ । प्रकासित मिति २०७९–९–२३

फेसबुकबाट तपाईको प्रतिक्रिया