बार्षिकोत्सवको उपलक्ष्यमा सिटिजन्स बैकले ल्यायो बचत खातामा नयाँ स्किम

बिजनेसपाटी ७ बैशाख
सिटिजन्स बैंक इन्टरनेशनलले बिहीबार दशौं बर्ष पुरा गरेको छ । सो अवसरमा बैंकले दशक बचत खाता ल्याएको छ । ग्राहकले यो योजना अन्तर्गत ५ हजार न्युनतम मौज्दात राख्नु पर्छ।  ग्राहकलाई बैकले ५ प्रतिशत ब्याज उपलब्ध गराउनुका साथै निशुल्क अन्तर बैंक कारोबार तथा सेयरको डिम्याट सेवा पनि उपलब्ध हुन्छ । बैंकले लकर शुल्कमा ५० प्रतिशत छुट दिने छ।
 बार्षिकोत्सवको उपलक्ष्यमा बैंकले  सामाजिक उत्तरदायित्व अन्तर्गत चितवन मानव सेवा आश्रमलाई तीन लाख, संगीतकार संघ नेपाललाई  तीन लाख, वाल विकास समाजलाई एक लाख ३० हजार, स्नो याक फाउन्डेसनलाई एक लाख, बेबी लाइफ होमालई एक लाख, आरोग्य फाउन्डेसनलाई दुई लाख, बन्दि सहायता नेपाललाई एक लाख ४० हजार, कुलेश्वर माध्यमित विद्यालयलाई कम्प्युटर कक्ष निर्माणका गर्न दुई लाख १० हजार, वाल विनोद माध्यमिक विद्यालयलाई  कक्षा कोठोक झ्याल राख्न दुई लाख, कमल निम्न माध्यमिक विद्यालयलाई दुई लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ ।
तेसैगरि आरोग्य फाउन्डेसनलाई दुई लाख, बन्दि सहायता नेपाललाई एक लाख ४० हजार, कुलेश्वर माध्यमित विद्यालयलाई कम्प्युटर कक्ष निर्माणका गर्न दुई लाख १० हजार, वाल विनोद माध्यमिक विद्यालयलाई  कक्षा कोठोक झ्याल राख्न दुई लाख, कमल निम्न माध्यमिक विद्यालयलाई दुई लाख ५० हजार उपलब्ध गराएको छ।
 नर्वदेश्वर महादेवको मन्दिर निर्माण गर्ने गुठीलाई एक लाख ५० हजार, त्रीवेणी सामूदायिक पुस्तकालय तथा श्रोता केन्द्रलाई ५० हजार,दीर्घायु गुरु हस्पिटल एण्ड रिसर्च सेन्टरलाई एक लाख ५० हजार, किल्निक वानलाई एक लाख रुपैयाँ, अभय उपचार केन्द्रलाई दुई लाख आर्थिक सहयोग गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया