बार्षिक उत्सवमा जीवन ज्योती सहकारीको स्वास्थ्य शिविर
राजु शाह कानु
बारा २ फाल्गुन
जीवन ज्योती बचत तथा ऋण सहकारी संस्था कलैयाले आपmनो प्रथम बार्षिक उत्सव अन्र्तगत आज नि.शुल्क स्वास्थ्य शिविरको आयोजना गरी मनाएको छ । कार्यलय परिषरमा आयोजना गरेको उतm कार्यक्रममा हाड जोर्नी बिशेषयज्ञ डा. राम प्रकाश ठाकुर, जेरनल फिजिसियन तथा सर्जनका डा. मुस्तकिम मंसुर, बाल रोग का बदरी दास, कन्सल्टेन्ट फिजिसियन राकेश तिवारी लगायतकाले स्वास्थ्य परिक्षण गरेका थिए । शिविरमा बिरामीहरुको रगत पिसाब र इसिजिी समेत निशुल्क गरिएको संस्थाका महम्द समिरले बताउनुभयो । आफनो कुल आम्दनीको १० प्रतिशत समाजिक कार्यमा खर्च गरेको संस्थाका अध्यक्ष दिलिप चौधरीले बताउनु भयो । एक बर्ष अगाडी रु ४२ लाख २५ हजारबाट शुरु भएको संस्थाको हालको पुजी १ करोड २ लाख ७० हजार २ रहेको र हाल २ सय ७३ जना खाता रहेको अध्यक्ष चौधरीले बताउनु भयो ।
संस्थाले कृषि, व्यवपारी, अटो टेम्पु तथा शिक्षा क्षेत्रमा हाल सम्म ७४ जनालाई कर्जा उपल्द्घ गराउदै आएको संस्थाका सचिव शिवजी प्रसाद यादवले बताउनु भयो । उक्त अवसरमा ३०१ जनाले स्वास्थ्य परिक्षण गराको थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया