बालुवाटारमा प्रधानमन्त्रीलाई राजीनामा दिन देउवा र प्रचण्डको सुझाव

काठमाडौँ ३ श्रावण

प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष तीन नेताबीच आज भएको भेटमा प्रधानमन्त्री ओलीले संविधानमा सरकार परिवर्तनबारे व्यवस्था नभएको कुरा उल्लेख गरेका छन्  । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न उनले आज अपराहन्न कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्डलाई वालुवाटारमा बोलाएका थिए। अचानक प्रधानमन्त्रीले देउवा र प्रचण्डलाई बालुवाटार बोलाएपछि केही नयाँ कुरा आउने अपेक्षा गरिएको थियो ।

बालुवाटार बैठकमा सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएर नयाँ सरकार गठनको तयारीमा लागेका काँग्रेस सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई राजीनामा दिएर परिस्थिती सहज बनाउन आग्रह गरेको स्रोतले बताएको छ ।तर  ओली बहने अविश्वास प्रस्ताव ल्याइसकेपछि अब किन राजीनामा दिने भन्दै कड्किएका थिए।

बैठकमा  प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले संसदमा अविश्वासको प्रस्तवको सामना गर्ने बताएका छन्। उनले संसदमा आउने जस्तोसुकै परिस्थितीको सामना गरेर अघि बढ्न तयार रहेको र  संविधानमा भएको व्यवस्था अनुसार अघि बढ्ने जवाफ दिएका छन् । प्रधानमन्त्री ओलीले सभामुख ओनसरी घर्तीको कार्यशैलीप्रति असन्तुष्टि जनाएको बताईएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया