बा (कविता)
नन्दलाल खरेल
मनमोहक अधिकारीलाई ‘बा’ हुनु परेन
पुष्पलाल कमरेडलाई पनि ‘बा’ हुनु परेन
शव यात्रामा पञ्चेबाजा जस्तै ‘बा’ रोकिनु भएन
बालकोटको बार्दलीमा अतिवाद रोकिएन
संसदीय खेलमा भएको हारलाई स्वीकारिएन
‘बा’ मनोरेलबाट बालकोट फर्कनु भएन
होडिङबोर्डमा चुच्चे रेल देखिएन
युथफोर्सको स्कर्टिङ्ले ‘बा’ लाई सुहाएन
‘बा’ वरपर रहेका नेताको भविष्य देखिएन
लज्जाजनक बर्हिगमनलाई ढाकिएको सुहाएन
राज्यका निकायमा अतिवाद लामो टिकेन
लोकतन्त्रका आधारभूत मूल्य मान्यता कतै देखिएन
सत्तामा हुँदा अति क्रियात्मक हुनु भएन
बार्दलीमा पोखिएको आक्रोस स्थानीयले सुनेन
‘बा’ लाई हटाउन न्यायालय बाहेक अरु थिएन
देशलाई निजी कम्पनी जसरी चलाउनु भएन
‘बा’ ले अब भिजिलान्तेलाई उफार्नु भएन
सुण्ड मुसुण्डहरुलाई लालीपप चटाउनु भएन
बौद्धिक वर्ग र मिडियालाई चीढ्याउनु भएन
कसैलाई पाखा कसैलाई काखा राख्नु भएन
‘बा’ अब श्री ५ हुनु भएन
उखान टुक्का छताछुल्ल प्रयोग गर्नु भएन
समाजवादका यात्रीलाई जेल कोच्नु भएन
पार्टीमा छिर्के लगाई कसैलाई लडाउनु भएन
माधव शेरबहादुर प्रचण्ड ‘बा’ हुनु भएन
भ्रष्टाचारीलाई समय अगावै छोड्नु भएन
राष्ट्रघाती एमसीसी पास गर्नु भएन
राष्ट्रपतिय संस्थाको हुर्मत लीनु भएन
प्रकासित मिति ५ साउन २०७८
फेसबुकबाट तपाईको प्रतिक्रिया