बिओकेको सीईओमा पन्त नियुक्त

बिजनेसपाटी ३ भाद्र ।
बैंक अफ काठमाडौं (बिओके)को प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा शोभनदेव पन्त नियुक्त भएका छन् । तत्कालिन लुम्बिनी बैंकका सिईओ पन्त बैंक बिओकेमा मर्ज भएसँगै बैंकबाट बाहिरीएका थिए । तर, उनलाई बिओके संचालक समितिले पुनः सीईओ पदमा नियुक्त गरेको छ । बैंक संचालक समितिले उनलाई यही भदौंबाट लागू हुनेगरी ४ बर्षका लागि सीईओ पदमा नियुक्त गरेको हो । ३ दशक भन्दा बढी समय बैंकिङ क्षेत्रमा विताएका पन्त बैंकिङ क्षेत्र सुधारका हस्तीका रुपमा परिचित छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया