बिरामीलाई दोहन गर्ने महंगा क्लिनिक शहरभरी, गरिवले उपचार नपाउने ?

काठमाण्डौ ८, चैत २०८० ।
गरिवहरुका लागि काठमाण्डौ शहर चल्न त चलेको मात्र छ । तर माफियाहरुलाई भुस्वर्ग तुल्य छ । भएभर गतिला डाक्टरहरु केन्दित यो शहर लुट कान्छा लुट नेपालमै छ छुट भन्ने पशुपतिप्रसादको गित जस्तै भएको छ मेडिकल माफियाहरुका लागि । बेस्सरी चलेका शहरका कतिपय क्लिनिकहरु अरबौं लगानी गरेर खोलिएका हस्पिटल भन्दा महंगा छन् । उनीहरुले विरामीबाट बर्षमै अरब हाराहारी कारोबार गर्छन् भन्दा कतिपयलाई विश्वास नलाग्ला ।
लगानीका हिसावले सामान्य भन्दा सामान्य लगानीका त्यस्ता क्लिनिकहरुमा ओपिडी चार्च भने डन्डा बर्साए जस्तै छ । सरकारी हस्पिटलमा ५०–७५ रुपैयाँमा ओपिडि शुल्क हुदा त्यस्ता क्लिनिकहरुमा ८०० हारहारी लिइन्छन् । त्यसलाई वैधता दिन उनीहरुले गेटमै नागरिक बडापत्र झुन्डाएका हुन्छन् । कुनै विरामी सानो केही विमार लिएर गएछ भने त्यस्ता क्लिनिकहरु आफनो लोकप्रियताकै भरमा विरामीलाई भएभरको चेकजाँच गर्न लगाउँछन् र उनीहरुको गोजि रित्तो बनाएर घर फर्काउने गरेको एकजना अधिकारी थरका बृद्ध विमारीले बताए ।
प्राय सरकारी हस्पिटलमै काम गर्ने र सरकारी हस्पिटलमै आएका विमारीलाई मेरो फलानो क्लिनिक, फलानो ठाउँमा छ त्यहँी आउनु होला भनेर नाम चलेकै डाक्टरहरुले नै बोलाउने गरेको उनले सुनाए ।
डाक्टरहरुले आफु कार्यरत हस्पिटलमा राम्ररी विरामी नहेर्ने र आफै क्लिनिक खोलेर विरामीलाइृ आर्थिक रुपमा टाट पल्ट्याउने परम्परा पुरानै हो । त्यस्ताहरुलाई अनुगमन गरेर नयाँ स्वास्थ्यमन्त्रीले कार्वाही गर्लान् त ? स्वास्थ्यमन्त्री उपेन्द्र यादबले बजार अनुगमन गरेर गरिवले पनि उपचार गर्न पाउने संवैधानिक हकको ग्यारेन्टी गर्लान् ? मेडिकल माफियाहरु विरुद्ध उनीले कुनै कदम चाल्लान् त ? क्रमश…

फेसबुकबाट तपाईको प्रतिक्रिया