बुटवलको देबीनगरमा भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको नयाँ शाखा

काठमाडौँ १४ जेस्ठ  ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका देवीनगरमा भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडले आफनो ४५ औं शाखा स्थापना गरेको छ । शुक्रबार एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन बिभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले शाखाको उद्दघाटन गरे ।

कार्यक्रममा बैंकका अध्यक्ष सुशिलराज पराजुली, प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनाललगायत उपस्थित थिए । त्यस क्षेत्रमा रहेका जनतामा सरल र सहज बैकिङ पहँुचको उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याइएको हो। यस बैंकले आफनो शाखा कार्यालयहरुबाट विभिन्न प्रकारको निक्षेप तथा कर्जासुविधाका साथै एबिबिएस, लकरलगायत सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया