बुवा राष्ट्रपति, छोरी सहयोगी, ज्वाई सल्लाहकार
बिजनेसपाटी १८ चैत्र
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पुत्री इभान्का ट्रम्प आधिकारीक रुपमै ट्रम्प प्रशासनमा राष्ट्रपतिका सहयोगीको रुपमा बेतलवी कामदारको रुपमा आवद्ध हुने राष्ट्रपति कार्यालयले जनाएको छ । अमेरिकी पहिलो छोरी इभान्काले आफ्नो अनौपचारिक क्षमताबाट यसअघि पनि राष्ट्रपति कार्यालयमा सेवा गर्ने सोचको प्रारम्भिक योजनालाई नैतिकता विशेषज्ञहरुको व्यापक आलोचना गरेका थिए । आजको नागरिकले यो खबर छापेको छ । बुवाको सहयोगीको रुपमा नियुक्त हुन लागेकी ३५ बर्षे इभान्काका श्रीमान जारेड कुसरन पनि राष्ट्रपति ट्रम्पका वरिष्ठ सल्लाहकार हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया