बैंक अफ काठमाण्डु लुम्बिनीको खुद नाफा दोब्बर !

बिजनेसपाटी १९ माघ 

बैंक अफ काठमाण्डु लुम्बिनीले खुद नाफा झण्डै दोब्बर पारेको छ ।  बैंक अफ काठमाण्डु र लुम्बिनी बैंक गाभिएर बनेको बैंकले गत बर्षको दोस्रो त्रैमासको तुलनामा निस्क्रिय कर्जा समेत ह्वात्तै घटाई खुद नाफा बढाएको छ ।बैंक अफ काठमाडौले गत बर्षको दोस्रो त्रैमाससम्ममा ३२ करोड ९१ लाख खुद नाफा कमाएकोमा यस बर्षको सोही अवधिसम्म ६० करोड नघाएको छ । बैंकले खुद नाफामा ८७ प्रतिशतले बृद्धि गरेको हो  । यसमा लुम्बिनी बैंकको समेत आम्दानी जोड्दा खुद नाफा दोब्बर भएको हो ।

पूँजीमा गत बर्षको बोनस समेत समयोजन भएको अबस्थामा उसको प्रति सेयर आम्दानी २१.३७ पैसा कायम भएको छ । ५  अर्ब ६२ करोड चुक्ता पूजी रहेको बैंकले २३ प्रतिशत बोनसलाई पूँजीकृत गरेको अबस्थामा जगेडा कोष चार अर्ब २० करोडबाट घटेर दुई अर्ब ७५ करोड कायम भएको छ । बैंकले ७० अर्ब निक्षेप परिचालन गरी ६२ अर्ब कर्जा परिचालन गरेको छ । बैंकले एक अर्ब ३० करोड ब्याज आम्दानी र ८६ करोड संचालन मुनाफा गरेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया