बिजनेसपाटी ७ मंसिर

बैंक अफ काठमान्डू लुम्बिनी र सिद्दार्थ इन्स्योरेन्सबीच बैंकासुरेन्स सेवा प्रदान गर्नेबारे सम्झौता भएको छ। यस सम्बन्धि सम्झौतापत्रमा बैंक र इन्स्योरेन्स कम्पनीबीच मंगलवार हस्ताक्षर भएको छ। सम्झौता अनुसार बैंकका सम्पूर्ण ग्राहकवर्गहरुले निर्जीवन बिमा सेवा सुलभ र छरितो रुपमा बैंकका सम्पूर्ण शाखाहरुबाट उपभोग गर्न सक्ने व्यवस्था रहेको छ।