बैतडीमा बाह्र दिनदेखि मोबाइल सेवा अवरुद्ध
काठमाडौँ ५ जेठ
बैतडी- नेपाल टेलिकमको बैतडीमा रहेका दुईवटा टावरमा चट्याङले क्षति पु¥याउँदा १२ दिनदेखि मोबाइल सेवा अवरुद्ध भएको छ ।गत वैशाख २५ गते परेको चट्याङले सतबाँझ र सिल्लेकमा रहेको टावरमा क्षति पु¥याउँदा फोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम बैतडीका प्राविधिक रामजी घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, “अवरुद्ध फोन सेवा सुचारु गर्नका लागि धनगढीबाट प्राविधिकको टोली आउने भएकाले अझै एक–दुई दिन लाग्छ ।”
मोबाईल सेवा अवरुद्ध हुँदा सुर्नया गाउँपालिका, दोगडाकेदार गाउँपालिका, दशरथचन्द नगरपालिका र पाटन नगरपालिकाको केही क्षेत्रलगायत स्थानीय बासिन्दा सञ्चारविहीन भएका स्थानीयवासी जयराज अवस्थीले जानकारी दिनुभयो ।सतबाँझमा रहेको टावरले काम नगर्दा सुर्नया गाउँपालिकाको शिखरपुर, शङ्करपुर, रौलेश्वर, वासुलिङ्ग, भौनेलीलगायत क्षेत्र, पाटन नगरपालिकाको गुजर, सिद्धेश्वरलगायत ठाउँमा समेत फोनसेवा अवरुद्ध भएको छ भने सिल्लेकमा रहको टावरले काम नगर्दा दोगडाकेदार गाउँपालिकाका स्थानीय बासिन्दा सञ्चारविहीन भएका छन् । फोन सेवा अवरुद्ध हुँदा हजारौँ ग्राहलाई समस्या हुुनाका साथै सञ्चारविहीन भएका छन् । रासस
फेसबुकबाट तपाईको प्रतिक्रिया