भदौ २९ देखि समिट माइक्रोफाइनान्सको शतप्रतिशत हकप्रद
बिजनेसपाटी १५ भाद्र
समिट माइक्रोफाइनान्सlले एक बराबर एक कित्ताको अनुपातमा भदौ २९ गतेदेखि शतप्रतिशत हकप्रद विक्री गर्ने भएको छ । माइक्रोफाइनान्सले एक सय रुपैयाँ अंकित दरको ७ लाख २५ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।
भदौ नौ गते नै माइक्रोफाइनान्सले हकप्रद प्रयोजनका लागि सेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो । भदौ आठ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन गर्न पाउने छन् ।
माइक्रोफाइनान्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ । माइक्रोफाइनान्सका सेयरधनीले सानिमा क्यापिटलको कार्यालय नक्साल तथा समिट माइक्रोफाइनान्सका सबै कार्यालयहरुबाट हकप्रदमा आवेदन गर्न सजनाइएको छ । त्यसैगरी सानिमा बैंकका शाखा कार्यालयहरु धनगढी, नेपालगञ्ज, पोखरा, नारायणगढ, भैरहवा, बीरगञ्ज र जनकपुर शाखाबाट पनि हकप्रदमा आवेदन गर्न सकिन्छ ।
हाल ७ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको माइक्रोफाइनान्सको हकप्रद निष्काशन कात्तिक एक गते बन्द हुनेछ । हकप्रद निष्काशनपछि १४ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया