भन्छन् शासक अब आँसु खसाउनु पर्दैन (कविता)

                              नन्दलाल खरेल/बसन्ता ढकाल

भन्छन् शासक अब आँसु खसाउनु पर्दैन,
तर झन आँसुको धारा वगेको छ ।

भन्छन् शासक अब रगत, वगाउनु पर्दैन,
तर झन रगतको भेल बगेको छ ।

भन्छन् शासक अब नेपाली मन फुट्दैन,
तर झन राष्ट्रियएकताको खाडल बढ्दो छ ।

भन्छन् शासक अब शान्ति यहाँ मर्दैन,
तर झन अशान्ती यहाँ बढेको छ ।

भन्छन् शासक अब अकालमा मर्न पर्दैन,
तर झन अकालमा मर्नु परेको छ ।

भन्छन शासक अब लोकतन्त्रबाट हट्नु पर्दैन,
तर झन समाजवादको खाचो वढेको छ ।

भन्छन् शासक अब न्याय समानता हराउँदैन ,
तर झन अन्याय असमानता बढेको छ ।

भन्छन शासक अब स्वार्थी हिंसा तुहिन्छ,
तर झन लुट हिंसा बढेको छ ।

भन्छन् शासक, अब चेलीको चुरा फुट्दैन,
तर झन नेपालीको चुरा फुटेको छ ।

भन्छन् शासक अब टुहुरा हुनु पर्दैन,
तर झन टुहाराको संख्या वढ्दो छ ।

भन्छन् शासक अब नेपाल समृद्ध हुँदैछ,
तर झन देशको अवस्था विग्रदो छ ।

प्रकासित मिति २०७८–२–१२

फेसबुकबाट तपाईको प्रतिक्रिया