‘भानुभक्त प्रति’ कवितामा युगकवि सिद्धिचरण श्रेष्ठ
स्वयम्भू शाक्य
युगकवि सिद्धिचरण श्रेष्ठले वि.सं. १९९६ सालमा प्रस्तुत कविता रचना गरेको देखिन्छ । तनहुँ जिल्लाको चुँदी रम्घा गाउँमा जन्मेका आदिकवि भानुभक्त आचार्य (वि.सं. १८७१ असार २९ वि.सं. १९२५ असोज ६) ले त्रेतायुगमा वाल्मीकि ऋषिद्वारा संस्कृत भाषामा रचेको रामायण महाकाव्यलाई नेपाली भाषामा अनुवाद गरिएको थियो । पारिवारिक कलहलाई निश्तेज पार्ने उद्देश्यले प्राथमिक कालका आदिकवि भानुभक्त आचार्यले “बधूशिक्षा” को रचना गरि तत्कालिन समयमा देखे–भोगेका विषयमा नैतिक शिक्षा दिइएको देखिन्छ । ज्योतिष शास्त्रका ज्ञाता तथा कुशल वैद्यका रूपमा रहेका राष्ट्रिय विभूति नेपाली साहित्यका एक विराट् पुरुष हुन् । सैत्तिस वर्षको उमेरमा सरकारी जागिरमा प्रवेष गरेका करीब दुई वर्ष पछि उनलाई सरकारी रकम हिनामिना गरेको अभियोगमा वि.सं. १९११ मा कुमारी चोकको खोरमा पाँच महिनासम्म थुन्दा उनले रामायणको अनुवाद गरेको देखिन्छ । यसरी साहित्यका मुर्धन्य व्यक्ति आदिकवि भानुभक्त आचार्यले युगलाई परिवर्तन गरेता पनि त्यसताका प्रचार प्रसारको अभावले ओझेलमा परेको देखिन्छ ।
भनिन्छ, मोतीराम भट्ट (वि.सं. १९२३ – वि.सं. १९५३) नचम्केको भए भानुभक्त आचार्य चम्किने थिएनन् । काठमाडौंको भोँसिको टोलमा जन्मेका नेपालका प्रथम गजलकार, समालोचक तथा जीवनीकार मोतीराम भट्ट नेपाली साहित्याकाशमा माध्यमिक कालका चम्किला तारा थिए । वि.सं. १९४८ मा भानुभक्त आचार्यको “जीवन चरित्र” लाई प्रकाशनमा ल्याई उनले आदिकवि भानुभक्त आचार्यलाई आदिकवि उपाधि दिइएका थिए । पछि वि.सं. १९९७ सालमा जुद्ध शम्शेरले सरकारी स्तरबाटै भानुभक्त आचार्यलाई “आदिकवि” उपाधि प्रदान गरेको पाइन्छ ।
आदिकवि भानुभक्त आचार्य एक राष्ट्रिय विभूति हुन् । संस्कृत भाषाको बाहुल्यता रहेतापनि सबै नेपालीहरूले संस्कृत भाषा पढ्न नपाउने त्यसताका वाल्मीकिद्वारा रचित २५ हजार श्लोकको वाल्मीकि रामायण नेपाली भाषामा १२ हजार श्लोकमा अनुवादित गरिएको थियो । त्यसैले युगकवि सिद्धिचरण श्रेष्ठले सबै नेपालीहरूले पढ्न पाएकोमा आदिकवि भानुभक्त आचार्यप्रति मुग्धकण्ठले प्रशंसा गरि प्रस्तुत कवितामा आफ्नो भावना पोखेको पाइन्छ ।
आदिकवि भानुभक्त आचार्य कुनै तन्त्रमन्त्र गर्ने जादुगर होइन् । जनतामा चेतना दिई नयाँ जीवनका लागि कविताको माध्यमद्वारा जीवन दर्शन पढाउने एक असाधारण व्यक्ति हो । त्यसैले होला कविजीको कवितामा समस्या समाधान गर्ने मन्त्र छ । स्वस्ति शान्ति गरि पवित्र पार्ने मोहनी छ । ईन्द्रजाल जस्तो टुना मुना गरि चमत्कारी दिने भाव छ । भित्री रहस्यलाई जागृत पार्ने चेतना छ । यो भवसागरमा मान्छे भएर बाँच्ने प्रेरणा छ । त्यसैले कविजी तिम्रो सरल कवितामा नेपालीहरूको जनजिब्रो भिजेको छ । कोमल अनि सुन्दर कविताहरू सबै नेपालीहरूको घर घरमा बास छ । कविजी कहिल्यै जन नहिडेको बाटोमा तिमी एक्लै हिँडेर निर्जन त्यो बाटोमा पनि तिमीले कसरी चाल पायौं ? नेपालीलाई स्वर्णदिवश नजिक पुगेको देखाएर तिमीले ज्ञानको ज्योति बाल्न लगायौं । कविजी तिमी युगको पुरुष हौ । तिमी युगको माग हो । तिमी युगको कालखण्ड हौं । तिमी युगको चिनारी हौ । कविजी तिमीले ज्ञानको ज्योति पैmलाएर ईश्वरसँग कुरा गर्न सिकायौ । तिमीले अन्धोलाई पनि आँखा दिएर हेर्न सिकायौ । धन्य तिमी सागर रहेछौं । सागरभित्रको तत्वज्ञान पनि बुझ्ने रहेछौं । त्यसैले तिमीले नेपालीहरूलाई नवजीवन दिएर युगको परिवर्तन गर्ने आँट ग¥यो । जूनी जूनीसम्म पनि नमेटिने एउटा शिखर पुरुषको कृति दियौ ।
कुन मन्त्र गरी, कुन जादु छरी कविजी ! तिमीले जनतामा
नवजीवनको स्रोत सरलता बहाइदियौ कवितामा
नहिँडेको जन निर्जन बाटो कसरी तिमीले पहिल्यायौ
नेपालीको स्वर्णदिवस त्यो नजिक पुगेको देखायौ ।
रामायण वाल्मीकि ऋषिको अनुपम उपहार हो । यो उपहारलाई हामी नेपालीहरूको घर घरमा मात्र होइन डाँडाकाँडामा बस्ने अनि बन र गौचरनमा हिँड्ने सबै नेपालीहरूको पनि गुञ्जन हो । श्री रामको भक्तिभावले नित्यकर्म गर्दै सत्य र असत्य के हो भन्ने कुरा आफ्नै आँखाले छुट्याउन सक्ने बनाएका छौं । मन मस्तिष्क भित्र सीताराम मात्र होइन लक्ष्मण र हनुमानको पनि वास दिएका छौं ।
भनिन्छ, लक्ष्मण रेखा तोडेर गरेको काम कहिल्यै पनि पूर्ण हुन सक्दैन । पूर्ण त लक्ष्मण रेखाभित्र रहेछ । सत्य त लक्ष्मण रेखा रहेछ । त्यसैले वारी र पारीको आ–आफ्नै परिचय छ । त्यो परिचय भित्र सत्य र असत्य लुकेको मात्र होइन् आगोले भष्म पार्न नसक्ने सत्यको जीतको कथा छ । तिमीले जन–जनलाई जागृत गरी निदाएकाहरूलाई ब्यूझाउने कोशिष ग¥यौ । चेत नभएका अचेतहरूलाई तिमीले मन मस्तिष्कमा सचेत दिलाउने काम ग¥यौ । होशियार भएर बाँच्ने चेतनशील प्राणीलाई जीउन सिकायौ । त्यसैले तिमी आदर्शका प्रतिक हौ । सुतिरहेका समाजलाई उठाएर हिँडाउने तिमी पथ–प्रदर्शक हौ । राम नाम मात्र होइन सत्य र असत्यको बाटो कस्तो हुन्छ भनी देखाउने जागा हौ । तिमी टाढै बसे पनि सब सबको प्यारा छौ । तसर्थ युगकवि सिद्धिचरण श्रेष्ठले सबै नेपालीहरू सुप्त भैरहेको अवस्थामा आदिकवि भानुभक्त आचार्यले लोककल्याणका लागि आफ्नो दिव्यचक्षुले देखेको श्रीरामको पाठ पढाउन खोजेको कुरा व्यक्त गर्दैछन् ।
डाँडा काँडा वन गौचरमा गुञ्जी तिम्रो रामायण
राम र सीता सबका हुन गैं पाउ कतिले, कति लक्ष्मण
सुप्त थिए सब, तर तिमी जागी जाग्रत क्षणको पाठ दियौ
टाढा देख्ने प्यारा कविजी ! नेपालीमा राम दियौ ।
हामी नेपालीहरूको मनमा नवजागरणको स्पन्दनले होला रूप र रङ्गलाई वैशाली चढाई वसन्तले नयाँ पूmलको सृष्टि गरे पछि मन प्रशन्न हुनु स्वभाविक हो । जताततै हरियालीले नवजागृति ल्याए पछि हामीमा चढेको वैशले कोपिला वयस्क भई पूmल फुले पछि त्यो सुन्दर बगैंचामा रङ्गीचङ्गी ढकमक्क पूmल फुलेर जोश र जाँगरमा हलक्क बढ्नु स्वभाविक हो । लहलह भई बोट बिरुवाहरू झाँगिदा हामी नेपालीहरू यौटा बागमा खुशी हुनु स्वभाविक हो । त्यसैले मनमा हरियो हुन पर्छ । डाँडाकाँडा अनि भीर पाखाबाट झरना झर्नु पर्छ । अनि त के चाहियो र ? यौटा मालीले सधैं बगैंचाको रखवाला गरे जस्तै राम्रो नराम्रो अनि तीर्खा लागेको बेला पानी पिँलाएर छाँटकाँट गरि सिँगार्नु बाहेक अरु के गर्न सकिन्छ र ? हो, ईश्वरले बरदान दिइको यो हाम्रो धरतीमा अरु देश भन्दा पृथक हुनु स्वभाविक हो । हामीले माग्नु नै नपर्ने गरी अन्नपूर्ण माताले सबै कुरा भरिपूर्ण गरिदिए पछि हाम्रो मागको आवश्यकता नै कहाँ हन्छ र ? साक्षत जिउँदो देवतासँग रमाई रमाई पूजाआजा गर्ने हाम्रो चलनले यो जगको स्वर्णिक देशहरूमा हाम्रो देशको छुट्टै पहिचान हुनु स्वभाविक हो । त्यसैले हजारौं हजार बगैंचाहरू सजाई राख्नका लागि यहाँ थुप्रै मालीहरूको हातमा शीप छ । कला कौशलले भरिपूर्ण भएर होला आँखामा टाँस्ने सुन्दर मनमोहक दृश्य छ ।
नव जागृतिको रूप चढेको नेपाली यी पूmल नयाँ
जोश र साहस लहलह नाच्ने नेपाल छ एक बगैंचा ।
माली तिमी भैंm आईआई गर्छन त यहाँ रखवारी
जगका स्वर्गिक देशहरूमा किन नगनीनु यो चाहिँ ।
डाँडाकाँडा अनि पर्वतको खोच खोचबाट झरनाहरू झरेर होला आज खोलाहरू भावुक हुँदैछ । अहिलेसम्म कसैसँग नबोलेर होला खोलाले यताउती नहेरी आफ्नै बाटोमात्र लाग्दै छ । किन होला, हामीलाई थाहा हुने कुरा भएन । यो त गर्भको कुरो हो । यो त प्रकृतिको कुरो हो । त्यसैले खोलो समय हुन सक्छ । कालखण्डको कालचक्र हुन सक्छ । सधैं प्रवाह भैरहेको गति हुन सक्छ । अर्काको चासो नराख्ने गन्तव्य हुन सक्छ । कालजयी भएर पवित्र गंगाजलको रूपमा बाँचेर मान्छे समाहित गर्ने समाधि हुन सक्छ । त्यसैले खोला गम्भिर छ । मनको कोमल भाव सञ्चार गर्ने कोमलचित्त हुन सक्छ । युगौं युगसम्म बाँचिरहने मृत्युञ्जय हुन सक्छ ।
आखीर समय न हो । हामी नेपालीहरूले त्यसबेला रामायण सिरानी राखेर सुत्ने गरिन्छ । यो त आ–आफ्नो आत्माको कुरो हो । यो त आ–आफ्नो नैतिकताको कुरो हो । कविजी तिम्रो रामायण मात्र होइन अन्य कविताहरूले पनि छरिरहेका हामी नेपालीहरूलाई एकत्रित पार्न आह्वान गर्दैछन् । आफ्नो मातृभाषालाई सधैं जोगाई राख्नका लागि हामीले धेरै मेहनत गर्नुपर्ने कुरा सिकाउँदैछन् । छर्किएर लथालिङ्ग भैरहेको कुराहरूलाई एकत्रित पारेर राख्नुको उद्देश्य आज सबैले बुझ्दैछन् ।
हाम्रा हिमगिरिले आफ्नो सन्तानहरूलाई औधी माया गरेर नुनु गरे जस्तै कहिल्यै पनि केहि नहोस् भनी सुताउनका लागि कोशिस गरे जस्तै आज हिमगिरिको निनिनानीले सजाएर तेजिलो छ । चमक चम्किने कान्ती छ । प्रेम पैदा गर्ने हाउभाउ छ । आनन्द अनि हर्षले आनन्दित भएर हामी नेपालीहरूलाई सुरक्षित राख्ने ठाउँ छ । त्यसैले मृदु कोमलो अनि सरल उज्यालो भएर मिठासले भरिएका ती मृदु लालीहरूमा थुप्रैं सुरभि छ । हेर्दे टाँसिने जस्तो मनमोहक दृश्यले लाली माथि लाली चढेर हाँस्नुको आफ्नै कथा छ ।
पर्वत चिर्दै झझर झर्दै खोलाले भावुक छाल
छर्किरहे भैंm तिम्रो कविता नेपालीमा आह्वान ।
हिमगिरिको निनिनानीले विलसित पुलकित नेपाली
छन् कति राम्रा, सरल उज्याला मुखमा अनि अलि मृदु लाली ।
जीवन नदी भैंm सलल बग्नु पर्ने रहेछ । न कसैको गुनासो छ न कसैको चासो छ । सरल जिन्दगीमा धेरै आशा र भरोसा नचाहिँदो रहेछ । त्यसैले सरलतामा सुगन्ध छ । सुन्दर अनि मनोहर छ । वसन्त ऋतु जस्तै नेपालीहरूको जीवनमा पराग छ । पुष्पराज जस्तो चन्दनको सुगन्धित जस्तो मगमग वास्ना आउने हामी नेपालीहरूको जीवन रहेछ । मनमा प्रेम, माया र स्नेह भएपछि मन कोमल भएर सुन्दरता हुनु स्वभाविक हो । मनमा जालझेल नभए पछि मन शान्त भएर आकाश जस्तो निर्मल अनि स्वच्छ हुनु स्वभाविक हो । मनमा नैतिकताको वीऊ रोपेपछि ढिलो चाँदो सत्य पलाउनु स्वभाविक हो । मनमा सुन्दरताले छाए पछि हिलोमा जस्तै कमलको पूmल फुल्नु स्वभाविक हो । त्यसैले कविजी ! तिम्रो कविताको रस छर्केर ती पूmलहरूलाई सुक्नबाट बचाई देऊ । कविजी कोही बिरामी छ भने अलिकता कविता घोलेर औषधी पिलाई देऊ । कविजी कसैको घर आँगनमा अनुपम शोभा बढाउँनु छ भने उनीहरू कै अनुकूलतामा रेखदेख गरी देऊ । कविजी सुकेर ओइलाई जाने यो जीवनमा तिमीले अलिकता पैंचो मागेर भए पनि प्राण थपिदेऊ ।
सुरभि सरलता उठ्छ पराग नेपालीको जीवनमा
सुन्दरताको खानी प्रेम नेपालीको मन मनमा ।
कविताको रस छर्क न छर्क सुक्न नदेओ यी पूmल
जग आँगनको अनुपम शोभा हो यिनीहरूकैं अनुकूल ।
हामी नेपालीहरू शान्तिप्रिय भएर होला सुखीमय जीवन बिताउन चाहन्छन् । स्वतन्त्र अनि निष्पक्ष भएर होला सकेसम्म भैm–झगडालाई पन्छाउन चाहन्छन् । आखीर दुई दिनको जिन्दगी न हो । बाँचुञ्जेल सुखीमय जीवन बिताउनका लागि झलमल रस आउने त्यो पाकेको फल जस्तै हामी नेपालीहरूको जीवन छ । संस्कारै संस्कारमा बाँचेको हिमाल भैंm सेतो छ । दाग नलागेको झरना भैंm मीठो छ । त्यसैले जीवन निरस होइन रसपूर्ण हुनुपर्छ । जताततै हरियाली भएर ढपक्क फुलेको पूmल भैंm मगमग वास्ना आएको हुनुपर्छ । तब मात्र जीवन सार्थक हुन सक्छ । अन्नपूर्ण जस्तै जति लिए पनि कहिल्यै नसकिने रसै रसले भरिपूर्ण भएर जीवन सधैं बाँचेको हुनुपर्छ । चन्दन जस्तै आपैmमा सुगन्ध बोकेर जिन्दगीभर सुगन्धित भएर हाँस्नु पर्छ । त्यसैले यो खाको दुःखमय जीवनमा रसै रसले आनन्ददायी जीवन बिताउनका लागि अलिकता त्यागको आवश्यकता छ । अलिकता परिश्रमको आवश्यकता छ । अलिकता विवेकको आवश्यकता छ । तब मात्र जीवन, जीवन बन्न सक्छ । होइन भने अरु त के छ र जीवन खोलामा बगेर कता कता हराउँन सक्छ । कहिल्यै नभेटिने गरी एक आपसमा छुट्न सक्छ । हो, हाम्रो जीवनमा जीवन रसको आवश्यकता छ । बाँचेर मात्र होइन बाँचेको जस्तो पनि हुनु पर्छ । कविजी तिम्रो कविताको रस हामी नेपालीहरूले पिउन पाउँनु पर्छ । यो जीवनलाई अमृत पिलाएर सधैं हरियाली बनाई दिनु पर्छ । हामी नेपालीहरूको मनमा नर्तनता दिएर तिमीले सधैं सधैं पुष्प छरेर प्रसन्नता दिलाई दिनुपर्छ । त्यसैले कविजी यो अमृत रस हामीले पिएको देखेर अरुले पनि पिउन सकूँन । मनभरि माया बोकेको देखेर अरुले पनि त्यसलाई बोक्न सिकूँन् । संस्कारै संस्कारमा हुर्केको देखेर अरुले पनि हाम्रो संस्कारबाट केही सिक्न सकूँन् । शान्तिप्रिय हामी नेपालीहरू देखेर अरुले पनि शान्तिप्रिय बन्न सकूँन् । नेपालीको रसमय जीवन हेरेर अरुले पनि रस पिउँन सकूँन् ।
रसमय जीवन नेपालीको हेरी सवले रस पाऊन् !
दुःखमय कस्तै खोक्रो जीवन झलमल रसले छल्काऊन् ।
कविताको रस, कविताको रस, नेपालीको जीवनमा
हरियाली द्यौं, नर्तनमा द्यौं, नेपाली यो सुसुमनमा ।
यो कुरो सत्य हो । शान्तिका लागि क्रान्तिको आवश्यकता पर्दो रहेछ । क्रान्ति विना शान्तिपारीको त्यो घरबार कसरी सुखमय बनाउँन सक्दो रहेछ । त्यसैले क्रान्ति मानव जीवनको लागि आवश्यक तत्व रहेछ । वीऊ रोपेर बिरुवा बने भैंm, दिन बितेर रात भए भैंm, सूर्य लुकेर चन्द्रले हेरे भैंm यौटाको अस्तित्व सकेर अर्को अस्तित्वको जन्म भए भैंm यो त तत्वज्ञानको आवश्यकता रहेछ । हो, क्रान्तिले तानाशाहीको विरुद्ध आवाज उठाउँछ । समाजमा न्याय र समानतालाई खोज्ने गरिन्छ । थिचोमिचोलाई सदाका लागि तिलाञ्जलि दिएर यौटा मान्छे–मान्छे भएर बाँच्नका लागि आधार दिँदो रहेछ । त्यसैले क्रान्ति शान्तिको पुरक हो । विकासको यौटा आधार हो । वीऊको अँकुरन हो । आगोको झिल्को हो । उज्यालोको संवाहक हो । अतः हामी नेपालीहरू उद्धार हृदय भई ज्यादै संवेदनशील भएकोले हामीमा अन्याय र अत्याचार नहोस् भन्नाका खातिर सम्पूर्ण दाजु–भाई, आमा–बुबा, दिदी–बहिनीहरूलाई समेत क्रान्तिको आवाजमा यौटा आवाज थपिदिनका लागि कविजी आह्वान गर्दैछन् । कविजी हामीहरू मात्र होइन तपाईंले पनि यही गीतले आकाश ढाकेर यौटा सुनौला विहानीको खोजी किन नगरौं । यौटा क्रान्तिले परिवर्तन हुन्छ भने त्यो परिवर्तका लागि हामी किन प्रयास नगरौं ।
क्रान्ति विना लौ कसले देख्यो शान्तिपारीको घरवार
क्रान्ति उज्ज्यालो चाहिन्छ यहाँ नेपाली यी सुकुमार
ए नेपाली दाजु र भाइ, आमा, बहिनी ! क्रान्ति गरौं
कविजी ! हाम्रो, हामी कविको, यही गीतले व्योम भरौं ।
(त्यस बेलाको शासनमा यो क्रान्ति शब्दलाई बदली निम्न शब्द राखिएको थियो । )
“नजली जगमा कसले देख्यो क्रान्ति पारीको घरवार
चाहन्छ मीठो जलन त यस्तो नेपाली यी सुकुमार
ए नेपाली दाजु र भाइ, आमा, बहिनी ! आज जलौं ।”
युगकवि सिद्धिचरण श्रेष्ठको मनमा अथाह श्रद्धा जागेर होला आज आदिकवि भानुभक्त आचार्यप्रति गहिरो भाव प्रकट गर्दैछ । कसैले नदेखेको कुरा किन हो कुन्नी आदि कवि भानुभक्त आचार्यले देखेर होला हामी नेपालीहरूको मन मस्तिष्कमा राख्न सफल भएका छन् । आदर्श अनि नैतिकताको कुरा मात्र होइन अध्यात्मिक चिन्तनले पनि यो जीवन सुखमय बन्दो रहेछ भनी जन–जनमा शिक्षा विस्तार गर्दैछन् । ज्ञानको ज्योति बालेर हामी सबै नेपालीहरूले अन्धकारलाई हटाउन आ–आफ्नो ठाउँबाट दिपहरू बाल्ने छन् ।
प्रकासित मिति २०७८–३–२९
फेसबुकबाट तपाईको प्रतिक्रिया