भारतमा पेट्रोल र डिजेलको मूल्यमा भारी कटौती

नयाँदिल्ली १९ चैत्र

तेल कम्पनीहरूले शुक्रवारदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्यमा भारी कटौतीको घोषणा गरेका छन् ।

उनीहरूले पेट्रोलको मूल्यमा तीन रुपैयाँ ७७ पैसाले घटाएका छन् । त्यसैगरी डिजेलको मूल्यमा २ रुपैयाँ ९१ पैसाले कटौती गरिएको छ ।

यो मूल्य शुक्रवार आधा रातबाट लागू भएको छ । इन्डियन आयल कर्पोरेशनका अनुसार यो मूल्यमा राज्यले लगाउने कर भने सामेल गरिएको छैन ।

पेट्रोल र डिजेलको मूल्यमा अढाई महीनयता पहिलो पटक हेरफेर गरिएको हो । यसभन्दा अघि १६ जनवरीमा पेट्रोल-डिजेलको मूल्यमा परिवर्तन गरिएको थियो । त्यो बेला पेट्रोलको मूल्यमा ५४ पैसाले वृद्धि गरिएको थियो भने डिजेलको मूल्यमा १ रूपैयाँ २० पैसाले वृद्धि गरिएको थियो ।

दिल्लीमा पेट्रोलको अहिलेको मूल्य ७१.१४ भारतीय रूपैयाँ र डिजेलको मूल्य ५९.०२ रुपैयाँ रहेको छ । इन्डियन आयल कर्पोरेशनले जनाए अनुसार स्थानीय कर जोडेपछि कटौतीपछिको वास्तविक मूल्य थाहा हुनेछ ।

आईओसीले एक विज्ञप्ती जारी गर्दै अन्तरराष्ट्रियस्तरमार पेट्रोल र डिजेलको मूल्य तथा रुपैयाँ र अमेरिकी डलरको विनिमय दरमा कमीका कारण पेट्रोलियम उत्पादनको मूल्यमा कमी भएको छ ।

यो मूल्यमा गरिएको परिवर्तनको फाइदा भने सिधा उपभोक्तालार्इ हुनेछ । आईओसीले जनाए अनुसार अन्तरराष्ट्रिय तेल बाजार तथा रुपैयाँ र अमेरिकी डलरको विनिमय दरमा नजिकबाट हेर्ने क्रम भइरहेको छ । बजारको परिवर्तनको असर भविष्यमा मूल्य परिवर्तनका क्रममा देखिनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया