भिजुअल इफेक्ट आर्टिस्ट बजगाँईको सफलता
रामकृष्ण गौतम
बिजनेसपाटी २६ कार्तिक ।
नयाँ गाँउ ८, काभे्रका अच्युत बजगाँई पेसाले भिजुअल इफेक्ट आर्टिस्ट हुन् । सन् २०११ देखि उनी यही पेसामा अडिएका छन् । फिल्ममा कैद गर्न नसकिएका दृश्यहरुलाई कल्पना गरेर हेर्न लायक बनाउने पेसा भिजुअल इफेक्ट हो । अत्यन्तै फरक एवं पृथक पेसाको रुपमा रहेको भिजुअल इफेक्टमा उनी विशेष दक्षताकै कारण जमेका छन् । उनको विशेष लगाब, मिहिनत र तिष्णताका कारण यतिवेला उनी यही पेसाबाट आर्थिक रुपमा पनि सम्बृद्ध बन्दै छन् ।
प्लस टुसम्मको औपचारिक अध्ययन गरेका उनले भिजुअल इफेक्ट आर्टिस्टको पेसा अंगाल्न थुप्रै अनौपचारिक तालिम लिएका छन् । फलस्वरुप उनी दक्ष भिजुअल इफेक्ट आष्र्टिट बनेर अनगिन्ती फिल्महरुमा काम गरिसकेका छन् ।
बजगाँइले हालसम्म कायरा, जय शम्भू, रोमियो, मेला, छिरिङ्ग, पर्नरजन्म, रुद्र,वीरङ्ना च्याम्पियन, रक्क्तभोका, रोमान्स, स्पर्श, पटुकी, भुलभुलैया, लास्ट किस, शकुन्तला, हवल्दार सुन्तली, ए मेरो हजुर २, स्टुपीड मन, बिर्खेलाई चिन्छ्स, लज्जा, भूपु लाउरे, जिगोलो, भेडिगोढ, जाउ हिँड पोखरा, पिंजडा ब्याक एगेन, रुद्र लगायत फिल्महरुको भिजुअल इफेक्ट गरेका छन् ।
त्यसैगरी उनले भिजुअल इफेक्ट गरेका होलिडे, उल्झन, भिलेन, लभ डायरी, आरोप, पोखरा कि काली, प्रेम लिला, ए मेरो हजुर लगायत फिल्महरु आउने क्रममा छन् ।
यसरी फरक विधा समातेर बजगाँइले युवा पुस्ताहरुलाई बाटो पहिल्याएका छन् । फरक फरक क्षेत्रमा लगेर पनि केही गर्न सकिन्छ है भन्ने सन्देश उनले दिएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया