भूकम्प पीडितले दोस्रो किस्तामा डेढ लाख पाउने
काठमाडौं ११ अशोज
सरकारले भूकम्प प्रभावत परिवारलाई दोस्रो किस्तामा १ लाख ५० हजार रुपैयाँ दिने भएको छ ।
प्रधानमन्त्री प्रचण्डको अध्यक्ष्यतामा सोमबार बसेको पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले पहिलो किस्ताको अनुदान रकम असोज २० गतेभित्र दिइसक्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री प्रचण्डले पदभार ग्रहण गर्दै ४५ दिनभित्र पहिलो किस्ताको ५० हजार दिइसक्ने निर्णय गरेका थिए ।
सोमबारसम्म झण्डै ४ लाख परिवारसँग अनुदान सम्झौता भइसकेको छ भने बाँकीसँग सम्झौता नै हुन बाँकी छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया