मकवानपुरमा पहिरोले घर पुर्यो : एकै परिवारका तीनको मृत्यु

  हेटौडा ११ श्रावण
पहिरोले घर पुरिँदा मकवानपुरको भीमफेदी–५ सोलुभन्ज्याङमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।
  मनमाया स्याङतानको  घर पहिरोले पुरिँदा उनका छोरी–ज्वाइँ र नातीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। मृत्यु हुनेमा मनमायाका ज्वाइँ २५ वर्षीय टेकवहादुर रुम्वा, २३ वर्षीय छोरी पार्वती रुम्वा र ५ वर्षीय नाती विकास रुम्बा रहेको प्रहरीले जनाएको छ। छोरी ज्वाइँ र नातीलाई घरमा सुताएर आफू अर्को घरमा सुतेकाले मनमाया भने बाँच्न सफल भएकी छिन्।
 मंगलबार बिहान करिब ४ बजेतिर माथिबाट खसेको पहिरोले घर पुरिएको हो। इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षक बासुदेव थापाको नेतृत्वमा गएको प्रहरी टोलीले पहिरो पन्छाएर मृतकको शव बाहिर निकालेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया