मध्यरातमा ६.१ म्याग्निच्युटको भूकम्प

काठमाडौं १६ फागुन, २०८१ शुक्रबार विहान २ बजेर ५१ मिनेटमा सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर भूकम्प गएको छ । भूकम्पको धक्का काठमाडौं लगायत देशका विभिन्न स्थानमा महशुस गरिएको थियो । ६.१ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

नेपालका विभिन्न स्थानहरु लगायत दार्जिलिङ्ग र सिक्किममा समेत झट्का महशुस भएको छ ।

रातिको समयमा भूकम्प गएकाले क्षतिको पूर्ण विरण भने आइसकेको छैन । केन्द्रविन्दू आसपासमा सामान्य क्षति र भागदौडका क्रममा एकजना घाइते भएको जानकारीमा आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया