मनपरी सिफारिस वितरण गर्दा फार्मास्युटिकल कम्पनी डुब्ने खतरा

काठमाण्डौ २१ फागुन २०७९ ।
सरकारले बिगतका बर्षहरुमा नयाँ उत्पादनका लागी धमाधम सिफारिस वितरण गर्दा अहिले नयाँ र पुराना कम्पनी धरासायी हुने अवस्थामा पुगेको सरोकारवालाहरुले बताएका छन् । मनलाग्दी सिफारिस वितरण गर्दा नयाँ र पुराना कम्पनी धरासायी हुने अवस्थामा पुगेको बताउँछन् भर्खरै सम्पन्न नेपाल फार्मास्युटिकल एसोसिएसन (NPA) स्वतन्त्र उपाध्यक्ष पदका उम्मेदवार फार्मासिस्ट लक्ष्मी नारायण न्यौपाने । सो निर्वाचन गुटबन्दी गरेर भएको थियो पनि उनको आरोप छ । तरपनि आफुले राम्रो मतभार पाउँदा पेशा प्रतिको बिकृती र बिसङ्गती गर्ने विरुद्ध खबरदारी गर्ने उर्जा मिलेको उनले बताए ।
फार्मास्युटिकल कम्पनीले देशको अर्थतन्त्रमा ठुलो टेवा पुर्याउँदै आएको र उक्त कम्पनीहरुमा ठुलो संख्यामा फार्मासिस्ट र अन्य कर्मचारीले काम गर्दै आएको न्यौपानेले बताए । देशको अवस्था यस्तै रहिरहने हो भने टेकनिकल मान्छेहरु बिदेसिने अवस्था नाआउला भन्न नसकिने उनले बताए । उनले भने‘ अहिले नेपालको अर्थतन्त्र संकटमा छ । सिफारिस पाएका ९० वटा जति कम्पनी चालु छ्न् भने बाँकि बन्दै गरेको अवस्थामा छन । उक्त चालु कम्पनीले पनि एक अर्काको नक्कल गर्न बाहेक जुन बिदेशीले उत्पादन गर्ने र नेपाललाई आवश्यक पर्ने औषधी बनाउन नसक्नु नै निर्यातमा भर पर्नुपर्ने बाध्यता रहेको छ ।’

अर्थमन्त्रालयले चालु र पुँजिगत बजेट कटौती गरिरहेको छ । डलर संचिती पनि घटेको छ । यही कारण सरकारले विलासि बस्तुको आयातमा कडाई गरेको छ । तरपनि अर्थतन्त्रले आकार समाउन सकिरहेको छैन । आधारभुत आवश्यकताका बस्तुहरु विशेषगरि औषधी र खाद्यान्न आयात नियमित नै छ । यसले नेपालको व्यापार घाटा बढाउनुका साथै डलर संचितीमा समेत असर परेको न्यापानेले बताएका छन् । उनले आफुले चुनाव हार्नु वा जित्नु ठुलो बिषय नभएको तर देश औषधिमा आत्मनिर्भर बनाउने र आर्थिक समुन्नतीमा जोड दिनुपर्ने सवाल महत्वपूर्ण रहेको बताए ।

उनले भने आगामी दिनहरुमा यस क्षेत्रको विकास तथा विस्तार र औषधीमा देशलाई आत्मनिर्भर बनाउने कुरामा लागि पर्ने बताए । सरकारले यस क्षेत्रलाई प्राथमिकतामा राखेर सही नीति, थिती, कार्यक्रम र सदभाव राखेर काम गर्नुपर्ने उनले बताए । नेपालमा औक्षधी उत्पादनको ठुलो सम्भावना रहेको र यसले दशैकै अर्थतन्त्रमा महत्वपूर्ण टेवा दिने बताउँदै सरकारले त्यसतर्फ चासो दिएर कदम चाल्नुपर्ने उनको सुझाव रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया