मन (कविता)

सुबेदी भारध्वाज सुनिता
मन नै त हो
खुशी हुँदा रमाउँछ, दुखी हुँदा सताउँछ ।
फेरि पनि उठ्नु पछर्, भन्दै झक्झकाउँछ ।
हजारौं पटक फुटिसक्यो होला ।
लाखौँ पटक फुटिसक्यो होला, गन्ती गर्न सक्दिन म
कता कता झिनो आशा पलाउँछ ।
त्यही आशा र भरोसा जोड्दै जाउ घटाउँ भन्दिनँ म
जताततै कहिले कहाँ पुग्छ, कता पुग्छ ।
चङगा हो मन ।
कहिले खुल्ला आकाशमा, कहिले बादल भित्र बिलिन हुन्छ ।
प्रकृतिले बनाएको यसको विशेषता छ चन्चल
कुनै समय थामिन्छ, कुनै समय पहिरो जान्छ यही भित्र सलसल ।
याद गर्दै गए पुराना तितामिठा क्षणहरू सम्झी आउँछन् झलझल ।
सधैँ आफैँसंगै साथ दिइरहेको छ यही मनले, नहड्बढाउ नडराउ हरपल
समय अनुसार सोच पनि फरक फरक हुने
सानो हुँदा जे गर, जसो गर सबै राम्रो हुने ।
ठुलो भएपछि समाजले बनाईदिएको नियमी घेरा कटेर बाहिर जान नहुने
सोच्छु सोच्छु सोच्छु अ‍ककह पटक्कै अर्थ लगाउन सक्दिन म
कस्तो हुन्छ यो सोच पनि, व्यर्थ हुन्छु केही टूङगो लगाउन सक्दिन म
खुशीको बाटो हिँड्न खोज्छु म
दुखलाई छेक्ने पर्खाल बनाउन खोज्छु म
एउटा यस्तो समय आउँछ टुक्राटुक्रा जोड्दै गरेको मन
सिसा सरि टुटिदिन्छ ।
बाहिर हेर्दा राम्रो देखिन्छ भित्र के छ थाहा छैन ।
अण्डा हो यो मन अन्ततः छोयो कि फुटिदिन्छ ।
कहिले बम हो यो मन भित्राभित्रै पड्किदिन्छ ।
कहिले भुस भित्रको आगो हो, सानो झिल्काले नि पत्तै नपाई सल्काईदिन्छ
बन डढेको देख्छन यहाँ मन डढेको देखिदैन
देखावटी भएपनि हर्ष उल्लास देखाउन पछि परिदैन

हो यो मन नै त हो ।
खुशी हुँदा रमाउदछ दुखी हुँदा सताउँछ ।
फेरि पनि उठ्नु पर्छ भन्दै झक्झकाउँछ ।
 प्रकासित मिति २०७७–३–८

फेसबुकबाट तपाईको प्रतिक्रिया