मर्जर पश्चात माछापुच्छ्रे कृति क्यापिटलको संयुक्त कारोबार संचालन

काठमाडौं, ३ माघ २०७७
नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट ९ पौष २०७७ तथा कम्पनी रजिष्ट्रार कार्यालयबाट १७ पौष २०७७ मा स्विकृती प्राप्त गरी साविकको माछापुच्छ्रे  क्यापिटल लिमिटेड र कृति क्यापिटल एण्ड इन्भेष्टमेन्ट्स लिमिटेड मर्ज भई २ माघ २०७७मा माछापुच्छ्रे कृति क्यापिटल लिमिटेडको नामबाट संयुक्त कारोबार संचालन शुभारम्भ भएको छ । मर्जर पश्चात कम्पनीको रजिष्टर्ड कार्यालय काठमाण्डौं महानगरपालिका, वडा नं.११, सुन्धारा, बाघदरबारमा रहने जनाइएको छ ।

संयुक्त कारोबार संचालन शुभारम्भ समारोहलाई नेपाल धितोपत्र बोर्डका अध्यक्ष  भिष्म राज ढुंगानाले समूद्घाटन गर्नुभयो । समारोहमा बोल्दै ढुंगानाले पूर्ण विद्युतीय मर्चेन्ट बैंकिङ्ग सेवाको अवधारण प्रस्तुत गर्नुभयो । उहाँले एकिकृत कम्पनीलाई राम्रो, भरपर्दाे र ठूलो क्यापिटलको रुपमा प्रगति गर्नका लागि शुभेक्षा दिनुभयो । माछापुच्छ«े बैंकका अध्यक्ष डां. बिरेन्द्र प्रसाद महतोले संयुतm टिमलाई सृजनात्मक तथा अनुसन्धनात्मक सेवालार्इ निरन्तरता दिन प्रोत्साहन दिनुभयो । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत  सन्तोष कोइरालाले गाभिएर संयुक्त कारोबार सञ्चालन शुभारम्भ गरेको मर्चेन्ट कम्पनी देशकै उत्कृष्ट मर्चेन्ट बैंकको रुपमा स्थापित हुनका लागि प्रोत्साहन दिनुभयो ।

माछापुच्छ्रे कृति क्यापिटलका अध्यक्ष विश्वम्बर न्यौपानेले पूँजी र अनुभवी टिमको समिश्रणले देशकै नमुना क्यापिटल हुने विश्वास प्रस्तुत गर्नु भयो । गाभिने कम्पनीका सञ्चालक आशिष श्रेष्ठले टिमलाई बधाई दिदैं हालको उत्कृष्ट सेवालाई निरन्तरता दिन शुभकामना दिनुभयो । कार्यक्रममा बोल्दै माछापुच्छ्रे  कृति क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दिपेश कुमार बैद्यले पुँजीबजारमा योगदान गर्दै देशको नेत्रृत्वदायी मर्चेन्ट बैंक बन्ने एकिकृत कम्पनीको प्राथमिकता भएको धारणा राख्नुभयो । मर्जर पश्चात माछापुच्छ्रे कृति क्यापिटल देशकै ठुलो लगानी व्यवस्थापन सेवा प्रदान गर्ने कम्पनी मध्ये एक हुनेछ । क्यापिटल माछापुच्छ्रे बैकको सहायक कम्पनी हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया