महगो दरमा लिएको ऋणले सेयर खरिद गर्नु सही होला ?
![](https://sp-ao.shortpixel.ai/client/to_webp,q_lossy,ret_img,w_640,h_322/https://businesspati.com/wp-content/uploads/2017/02/durga.jpg)
दुर्गा प्रसाद काफ्ले
आज भन्दा झन्डै बर्ष दिन अगाडी १,८८८ पुगेको बजार केही समय त्यो बिन्दुमा नटिक्दै पुनः १२०० को वरिपरी फर्कियो । फेरी केही समयमा स्थानिय निकायको चुनाब हुने भएपछि १,६०० को लाईनमा आएको नेप्से अहिले पनि त्यही लाईन मै छ ।
नेपालको बिभिन्न काल खण्डमा बिभिन्न कुराले गर्दा नै पँुजीबजार कहिले १,१६५ त कहिले कहिले १८०० त कहिले १२१८ भयो । तर त्यो बिन्दुमा टिक्न सकेन । किनभने नेपालको पँुजीबजार नेपालको अर्थतन्त्र बढेर बढेको होइन् । मात्र विभिन्न हल्ला–खल्ला र राजनीतिक हल्ला बाजीले बढ्ने तथा घट्ने भैरहन्छ । आर्थिक सुचक बढेर मात्र बढेको पुँजीबजार दिगो–दरिलो हुन्छ तर हल्लाको भरमा बढेको बजार त्यही रुपमै घट्छ । बिना आधार बढेको बजार बिना कारण नै घट्छ । तसर्थ सचेत भएर, अनुभब बटुलेर मात्र लगानी गरौ । बेहोसी भएर, आतिएर सेयर किने पछी पछुताउनु सिवाय अरु केही हात पर्दैन ।
भखरै २०७३–७४ आर्थिक बर्ष सक्किए सँगै केही बैंक तथा बित्तिय सस्थाले लाभाम्सं घोषण गर्न थालेका छन् । साथै अरु संस्था पनि त्यही सुर सारमा छन् ।
नेपालको पँुजी बजार हल्लामा चलेको बजार हो भन्दा त्यति फरक नपर्ल्, साना सिधा लगानीकर्ताले अकुत सम्पती डुबाएका छन् भने केही व्यक्ति विशेषले नकमाएका पनि होइनन् ।
डा चिरञ्जिबी नेपाल आएपछी अवैज्ञानिक तरिकाले पँुजी बृद्धीको निर्णय गरियो । त्यसको पुरा असर अहिले देशको अर्थतन्त्र र पुँजी बजारमा देखिएको छ । पुँजी वृद्धिको गलत निर्णयले व्याजदर आकासिएको छ । पुँजी बजार अति नै चपेटाम परे जस्तो भाको छ । पँुजी बजार र लगानीकर्ता नै उकुस मुकुसमा परेका छन् । पुँजी बजार उकालो लाग्ने सम्भावना अति नै कम भएता पनि घाटने कारण पनि अब छैन । किन भने पुँजी बजारले सबै कुरा टेस्ट गरिसकेर अब परिपक्कता देखाउँदै छ । लगानीकर्ता थपिँदा बजार घाटएको छैन । अब नेप्सेले राम्रो जिएम पायो भने धितोपत्र बोर्डमा कुसल जिएम पाएको खण्डमा बजार माथि जाने प्रसस्त सम्भावना छन ।
देश तथा पुँजी बजारले असल नेतृत्व नपाउँदा नै यो बिजोग देख्न परेको हो ।
प्रकाशित मिति २०७४-५-१०
फेसबुकबाट तपाईको प्रतिक्रिया