महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई अपोलो डाइग्नोष्टिक सेण्टरका सेवाहरुमा विशेष छुट

काठमाडौँ १८ पुस २०८०-
महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ धुमबाराही, काठमाडौंमा अवस्थित अपोलो डाइग्नोष्टिक सेण्टर सँग सम्झौता गरेको छ ।
सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाका विभिन्न स्वास्थ्य सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
प्राप्त गर्न सकिने छुट निम्नलिखित छन्ः

यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।तकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया