महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौं ०३ साउन २०८०-महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा आर्थिक बर्ष २०७९÷८० मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विद्यालयहरु, स्वास्थ्य प्रतिष्ठान, रोटरी क्लब, मन्दिर, टोल सुधार समिति, प्रहरी कार्यालय तथा आश्रमहरुलाई सहयोगका कार्यक्रमहरु सम्पन्न भएका छन् ।हाकिमचोक शाखाद्वारा गैडाकोट नगरपालिका वडा नं ३ मा अवस्थित भुजेल गाँउका अतिविपन्न घरधुरीका लागि निर्मित ३५ वटा शौचालयको रंङ्गरोगन एवं सन्देश मुलक स्वास्थ्य तथा सरसफाई सम्बन्धी सन्देश लेखाइका निमित्त रोटरी क्लब अफ गैडाकोटलाई रु.दुई लाख पचास हजार बराबरको आर्थिक सहयोग प्रदान गरेको छ ।त्यसैगरि नेपालगंज शाखाद्वारा कोहलपुर नगरपालिका वडा नं ०९ मा अवस्थितनिर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानलाई स्वास्थ्य परिक्षणका लागि आवश्यक भ्दचब ःबललजभष्m, ऋज्भ्ः – छखघ क्झष् ब्गतयmबतभम द्यष्यअजझष्कतचथ ब्लबथिशभच मेसिन हस्तान्तरण गरेको छ ।

साँफे शाखाद्वारा बान्नीगढीजयगढ गाँउ पालिका वडा नं ०१ गाँज्रामा अवस्थित श्री राष्ट्र भाषा माध्यमिक विद्यालयलाई पर्खाल तथा खेल मैदान निर्माण र प्रभावकारी कक्षा सञ्चालनका लागि रु.एक लाख पचास हजार बराबरको आर्थिक सहयोग प्रदान गरिएको छ ।
विराटनगर शाखाद्वारा विराटनगर नगरपालिका वडा नं ८ मा अवस्थित विराटेश्वर वृद्घाश्रम सेवा समितिलाई सभाहल निर्माणका निमित्त रु. पचास हजार बराबरको आर्थिक सहयोग प्रदान गरिएको छ ।

सुर्खेत शाखाद्वारा बिरेन्द« नगर नगरपालिका वडा नं १२ मा अवस्थित मानव सेवा आश्रमलाई खाद्यान्न, फलफुल, तरकारी तथा दैनिक अत्यावश्यक सामाग्री प्रदान गरिएको छ । बाँसगढी शाखाद्वारा बाँसगढी नगरपालिका वडा नं ०५ मा अवस्थित श्री नेपाल राष्ट्रियमाध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहिन विद्यार्थीहरुका लागि आवश्यक शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ । चैनपुर शाखाद्वारा जयपृथ्वीनगर पालिका वडा नं ११, दैकुमालामा अवस्थित श्री नीलकट्टी माध्यमिक विद्यालयलाई तीस थान कुर्सी प्रदान गरिएको छ ।भैरहवा शाखाद्वारा सिद्घार्थ नगर नगरपलिका वडा नं ०२ मेउडिहवामा अवस्थित श्री मेउडिहवा आधारभूत विद्यालयमा साइकल पार्किङ्ग स्थल निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

लाहान शाखाद्वारा लाहान नगरपालिका वडा नं १४, बस्ती पुरमा अवस्थित श्री आधारभूत विद्यालय बस्तीपुरमा अध्ययनरत विद्यार्थीहरुका लागि विद्यालय पोसाक तथा आवश्यक शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ ।भाटभटेनी र तीनचुली शाखाद्वारा काठमाडौं महानगरपालिका वडा नं ०४, बालुवाटारमा अवस्थित महेन्द« राष्ट्रिय माध्यमिक विद्यालयलमा प्रारम्भिक बालकक्षामाअ ध्ययनरत विद्यार्थीहरुको शैक्षिक गुणस्तर अभिवृद्घि गर्न र अध्यापनलाई प्रविधि मैत्री बनाउन विद्यालयलाई एक थान स्मार्ट टेलिभिजन हस्तान्तरण गरिएको छ ।बैकको केन्दि«य कार्यालयले पुल्चोक क्याम्पस (इन्स्टीच्युट अफ इन्जिनियरिङ्ग),पुल्चोक ललितपुरलाई कम्बोडियामा आयोजित ब्द्यग् ब्कष्ब – एबअषष्अ च्यदयत ऋयलतभकत ९ब्द्यग् च्यदयअयल० द्दण्द्दघ कार्यक्रममा सहभागिता जनाउनका लागि रु.एक लाख बराबरको आर्थिक सहयोग प्रदान गरिएको छ ।

कोटेश्वर शाखाद्वारा प्रहरी प्रभाग कोटेश्वरलाई काठमाडौं महानगरपालिका वडा नं ३२, कोटेश्वरको सार्वजनिक सुरक्षा, अमनचयन कायम राख्न, सम्भावित अपराधको रोकथाम, नियन्त्रण तथा अनुसन्धार्न े कार्यमा खटिने प्रहरीलाई शुद्घ पानीको व्यवस्थापन लागी वाटर फिल्टर र बाह्र थान कुर्सी हस्तान्त।ण गरेको छ ।धनगढी शाखाद्वारा जिल्लाप्रहरी कार्यालय, कैलालीलाई धनगढीको सार्वजनिक सुरक्षा, अमनचयन कायम राख्न, सम्भावित अपराधको रोकथाम तथा नियन्त्रण गर्न जडान गरिएका सि.सि.क्यामराहरु बिग्रिएकाले उक्त क्यामराहरुको मर्मत कार्य लागि आर्थिक सहयोग प्रदान गरिएको छ ।मैतिदेवी शाखाद्वारा सृजनशील अपाङ्ग आवाज नेपालमा बस्ने बाह्र जना अपाङ्गता भएका महिलाहरुको दैनिक आवश्यकताहरु पुरा गर्नका लागि उक्त संस्थालाई रु.पच्चिस हजार बराबरको आर्थिक सहयोग प्रदान गरिएको छ । चिप्ले ढुङ्गा शाखाद्वारा पोखरा महानगरपालिका वडा नं ०४ मा अवस्थित श्री नविन माध्यमिक विद्यालयलाई पाँच थान वाटर डिस्पेन्सर हस्तान्तरण गरिएको छ । लेकसाइड शाखाद्वारा पोखरा महानगरपालिका वडा नं ०८ को फोहोर व्यवस्थापन गर्नका लागि प्रतिभा मार्ग टोल विकास संस्थालाई चालिस थान डष्टविन हस्तान्तरण गरिएको छ ।

कालिमाटी शाखाद्वारा चन्द«ा गिरी नगरपालिका, कीर्तिपुरमा अवस्थित श्री बालकल्याण विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि विद्यालय पोसाक तथा आवश्यक शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ ।भक्तपुर शाखाद्वारा चाँगुनारायण नगरपालिका वडा नं २, झाँखेल भक्तपुरमा अवस्थित श्री आजाद माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि विद्यालय झोला तथा आवश्यक शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ । खुरखुरे शाखाद्वारा राप्ती नगरपालिका वडा नं ०७ मा अवस्थित वीरेन्द« आदर्श माध्यमिक विद्यालयलाई विद्यालयको पुस्तकालय प्रायोजनार्थ एक थान कम्पुटर तथा प्रिन्टर प्रदान गरिएको छ ।दमक शाखाद्वारा कलम गाँउपालिका वडा नं ७, झर्काहा झापामा अवस्थित श्री अरनिको प्राथामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि विद्यालय झोला तथा आवश्यक शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ ।महाराजगंज शाखाद्वारा टोखा नगरपालिका वडा नं ७ काठमाडौंमा अवस्थित श्री शुभश्री बैकल्पिक महिला विद्यालयलाई वाटर डिस्पेन्सर तथा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि आवश्यक शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ । सानो भ¥याङ्ग शाखाद्वारा काठमाडौं महानगरपालिका वडा नं १५, स्वयम्भुमा अवस्थित श्री ईश्वर आधारभुत विद्यालयका लागि दराज, तथा विद्यालयमाल अध्ययनरत विद्यार्थीहरुका लागि विद्यालय पोसाक र शैक्षिक सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।

बेलौरी शाखाद्वारा बेलौरी नगर खेलकुद समितिलाई खेलकुद सामाग्रीहरु हस्तान्तरण गरिएको छ । अमरपथ शाखाद्वारा मुक्तिनाथ धाममन्दिरलाई डष्टविन तथा भ्याक्युम क्लिनर प्रदान गरिएको छ । चरिकोट शाखाद्वारा कालिञ्चोक माध्यमिक विद्यालय, चरिकोटलाई विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको अध्ययन साथ साथै चौतर्फी विकासमा मद्दत पु¥याउने उद्देश्यले खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ । बिर्तामोड शाखाद्वारा शिवसताक्षी नगरपालिका वडा नं १०, साईधार झापामा अवस्थित दित्यपथ महिला सरोकार समाजलाई संस्थाले सञ्चालनमा ल्याएको श्री सरस्वती कन्या गुरुकुलमा अध्ययनरत २५ जना विद्यार्थीहरुको आवासका लागि निर्माणाधिन भवनका लागि रु. एकाउन्न हजार बराबरको आर्थिक सहयोग प्रदान गरिएको छ ।पाटन शाखाद्वारा पाटन नगरपालिका वडा नं ०१, डंसिली, बैतडीमा अवस्थित श्री कैलास आधारभुत विद्यालयका लागि आवश्यक स्टिल दारज, ह्रवाइट बोर्ड, कुर्सी लागायतका सामाग्री हस्तान्तरण गरिएको छ ।आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने कुरा बैैकले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया