महेश्वर दाहाल प्रेस सेन्टर नेपालको अध्यक्ष

काठमाडौं १४ अशोज

माओवादी केन्द्र निकट पत्रकार संगठन प्रेस सेन्टर नेपालको अध्यक्षमा महेश्वर दाहाल चुनिएका छन्। बिहीबारबाट सुरु भएको प्रेस सेन्टर नेपालको महाधिवेशनबाट महेश्वर दाहाल अध्यक्षमा चुनिएका हुन्। अध्यक्ष पदका लागि तीन जनाको दावेदारी रहेपनि सहमतिबाटै नेतृत्व चयन गर्ने पार्टी निर्णय अनुसार सहमति जुटाउने प्रयास विफल भएपछि प्रधानमन्त्री  प्रचण्डले नै महेश्वर दाहालको नाम सिफारिस गरेका थिए।

तर  पत्रकारहरू ओम शर्मा, विष्णुप्रसाद सापकोटा र बलराम थापाले अध्यक्ष पदका लागि दावेदारी प्रस्तुत गरेका थिए। तर, यी तीनबीच अध्यक्ष पदका लागि सहमति जुट्न सकेन।   पार्टी फुटेपछि दाहाल माओवादी नेता रामबहादुर थापा बादलतर्फ लागेका थिए। एकीकरणपछि माओवादी केन्द्रमा भित्रिएका उनी माओवादी केन्द्रका सचिवालय सदस्य हुन्।  माओवादी केन्द्रले पार्टीको कुनै पनि जनवर्गीय संगठनमा निर्वाचन नगर्ने नियम बनाएको छ। सोही नियम अनुसार नै महेश्वर दाहालको नाम प्रधानमन्त्री प्रचण्डले अगाडि सारेका हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया