माओवादी अध्यक्ष अस्ट्रेलिया भ्रमणमा के-के गर्दै छन्। तयारी कस्ता छन् ?
अरुण गौतम
सिड्नी,अस्ट्रेलिया,२० जुन,२०१६
नेकपा माओवादी केन्द्रका अध्यक्ष एबम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एक हप्ते भ्रमणमा जुन २३ तारिखको दिन अस्ट्रेलियाको मेलबर्न आउने भएका छन्। त्यहाँ बिभिन्न समाज र तिनका पदाधिकारीहरुवीच भेटघाट कार्यक्रम पछी २४ तारिख सिड्नी आईपुग्ने छन्।सिड्नी स्थित नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन नेपाली जनप्रगतिशील मञ्चको तेस्रो अधिवेशन उद्घाटन उनकै प्रमुख आतिथ्यमा हुनेछ । २४ जुनमा सिड्नीस्थित महावाणिज्यदूतको आयोजनामा रात्रीभोजमा सरिक हुने सह–संयोजक हिमालाल गैरेले बताए ।त्यसैगरी २५ जुन सिड्नीको विश्वविद्यालयमा नेपाली समुदायसँग भेटघाट तथा छलफलका लागि बृहत अन्तरकृया कार्यक्रमको आयोजना गरिएको छ । साथै २६ तारिख दिन पूर्वप्रधानमन्त्रीको सम्मानमा गैर–आवासिय नेपाली संघ अस्ट्रेलियाले रात्रीभोजको आयोजना समेत गर्नेछ । प्रचण्डले स्थानीय राजनीतिक दलका नेता र विभिन्न मुलुकका राजदूतहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
नेपाली जनप्रगतिशील मञ्च अस्ट्रेलियाकोआयोजनमा जुन १७ मा एक छलफल विच विशिष्ट राजनीतिक नेताको भ्रमणलाई कसरी प्रभावकारी बनाउने र विभिन्न समाजको एकता कसरी प्रकट गर्न सकिन्छ भन्ने सन्दर्भमा छलफल भएको थियो। विकासको लागि राष्ट्रिय सवालहरु के कस्ता हुन सक्छन् भन्ने बारे तयार साझा सवालहरु तयार पारियको छ र उक्त सवाललाई आवश्यक परिमार्जन गर्न तथा संयुक्त रुपमा प्रचण्डलाई हस्तान्तरण गर्न कार्यसमितिनै बनाईएको छ । समितिमा एनआरएन अष्ट्रेलियाका सुरेन्द्र सिग्देल,, एनपिपिएफका शेषमणि शर्मा,ओएनएफका रमेश पाण्डे,एनएडिएफका बालचन्द्र भटराई, संघीय समाज अष्ट्रेलियाका गणेश तामाङ, सिड्नी विश्वविद्यालयका अनुसन्धानकर्ता मोम विश्वकर्मा तथा युएनएसएब्ल्यका सिनियर लेक्चर डा. कृष्ण श्रेष्ठ रहेका छन् ।
भ्रमणका क्रममा क्यानबरास्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा उपस्थित हुनुका साथै स्थानीय कृषि फार्म, विकास निर्माण र रेल तथा बसमा समेत यात्रा गराउने कार्यक्रम रहेको आयोजक शेषमणि शर्माले जानकारी गराए।उनी भन्छन्, ‘यस्ता खाले गतिविधिले प्रचण्डलाई नौलो अनुभवका साथै देश विकासका लागि नयाँ योजना निर्माण हुने छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया