माओवादी केन्द्रले नै उठाएका मुद्धा कार्यान्वयन गर्न चुनाव हुन लागेकाले हामी बहुमतसिद्ध हुन्छौ ।

कमानसिंह लामा, पोलिटब्यूरो सदस्य मोओवादी केन्द्र 

एवं पूर्वराजदुत तथा सांसद

१) तपाइको निर्वाचन क्षेत्र काभ्रेमा स्थानीय तह निर्वाचनको तयारी कस्तो भइरहेको छ ?

व्यापक रुपमा भइरहेको छ । पार्टी कार्यकर्ता, नेता, सुभचिन्तक, माओवादी केन्द्रलाई माया गर्नेहरु र पहिचानवादीहरु धेरै नै सक्रिय भएर लागेका छन् ।

२) परिणामको कस्तो अपेक्षा छ ?

परिणाम त चुनाब हो । जनताको विचार हो । हुन त यहाँ के कुराहरु पनि सुनिन्छ भने माओवादी केन्द्रले बहुमत ल्याउँछ । बहुमत भोट ल्याएर जितिसक्यो भन्ने खालका हावा कुराहरु पनि बाहिर आइरहेका हुन्छन् । तर हाम्रो पार्टीको जित्ने आधार भनेको के हो भने हाम्रो मुद्धा, हाम्रै नेतृत्व छ । अहिले एमाले र काँग्रेस दुवैले गणतन्त्रको स्वामित्व लिन चाहिरहेको छैनन् । संघीयताको स्वामित्व लिन चाहिरहेका छैनन् । यो माओवादीको मुद्धा हो भनिरहेका छन । धर्मनिरपेक्षताको स्वामित्व उनीहरुले लिएका छैनन् । माओवादीलाई फकाउनका लागि त्यो मानेको भनेर भनेका छन । समानुपातीक समावेशीताको मुद्धा उनीहरुको मुद्धा होइन भन्ने खालका कुरा स्पष्टसँग मिडियामा सुन्न पाइन्छ । उहाँले भनिरहनु पनि भएको छ । भनेपछी यो मुद्धा संघीय गणतन्त्र नेपाल अन्र्तगत जुन स्थानीय तहको निर्वाचन संविधान कार्यान्वयनका लागि मुद्धा हो । त्यो हामीले स्वीकारेको मात्रै होइन की आम रुपमा यो परिचित पनि छ । यो वास्तविकता पनि, हकीकत पनि त्यही नै हो । र, जसको मुद्धा उसैको नेतृत्व जनताले अवश्य चुन्ने छन् ।
संविधान कार्यान्वयन गर्ने हो भने निर्वाचन अपरिहार्य छ भनेर सबैले भनेका छन् । त्यही नै हो । ती मुद्धा नेपाली जनताको मुद्धा हो । हामीले ठान्या थियौ एमाले काँग्रेसले बल हाम्रो कोटमा पठाएको छ । जनताले फट्याइ गर्नेहरुलाई सजाँए दिने बेला हो यो । जसले बढी मिडियामा खर्च ग¥यो, जसले बढी पैसा खर्च ग¥यो त्यसलाई चुन्छौ हामी किन ? त्यसैले विकास नहुनुको कारण हामी नै हौ । ka1

३) संविधान आएपछी पनि मधेशी मोर्चाले संविधान संशोधन हुनुपर्छ, आफना मागहरु सम्बोधन गरियोस् भनेर भनिरहेको छ नी ?

हैन, उसले संविधान बनेपछि मात्रै भनेको कुरा होइन । धेरै पहिला देखि उनीहरुको मुद्धा के भन्ने थाहा छ । घरी सम्झौता गर्ने घरी त्यो तोड्ने कामहरु जो गरिए त्यसको परिणाम हो अहिलेको अवस्था । मधेशी मोर्चालाई मात्रै गाली गर्न मिल्दैन । हिजो त्यही मुद्धा हामीले मान्ने, हिजो राजतन्त्र हामीले फाल्यौं सबै मिलेर, अनि गणतन्त्र हामीले ल्यायौं सबैमिलेर, संघीयता हामीले ल्यायौं सबैमिलेर । अहिले आएर यो संघीयता हाम्रो होइन् माओवादीको हो भन्ने कुरामा हामी के भन्ने ? आफु त्यसरी दुइजिब्रे कुरा गर्ने अनि प्रचण्डको हजार जिब्रो छ भन्ने कत्तिको सान्र्दभिक हुन्छ ? मधेशी मोर्चाले हाम्रो आन्दोलनको बेलामा हामीसँग गरेका सम्झौताहरु संविधानमा लिपिबद्ध भएनन् त्यो हुनुप¥यो भनेका छन । घरि गर्ने घरी नगर्ने त्यो गरेको कारणले नै मधेशी मोर्चाको भिन्न मत हो भन्ने मलाई लाग्छ ।

४) निर्वाचन भएपनि राजनीतिक मुद्धाहरु जो छन् ती सामाधान हुने देखिदैनन् । मधेशी जनताले उठाएका ती मुद्धामा सामाधानको विकल्प चाँही के त ?
यसमा के धारणा चाहियो र ? उहाँहरुले नै हिजो सामाधान गरेका मधेशीका मुद्धा आज फेरी सामाधान गर्न के भो र ? हिजो सम्झौता गरेका कुरामा इमानदार बन्दिनुस् सिद्धिगयो । बेइमानलाई त अव म के भन्न सक्छु र ? बेइमानको छन् जनताले कावार्ही गर्नुप¥यो । जनता पनि मुकदर्शक भएर बस्नु भएन । निर्वाचन भनेको कावार्ही गर्ने अवसर हो । त्यो कावार्ही जनताले गरिदिनु प¥यो ।

५) अन्त्यमा, बिजनेसपाटी डटकममार्फत जनतामा के सन्देश दिनुहुन्छ ?

सधै इमानदार व्यक्ति चुनौं । सधै जे बोल्छ, त्यो गर्ने मान्छे चुनौं । त्यसबाट डाइभर्ट भयौं भनेदेखि बिकास हुँदो रहेनछ । र, मैले गर्ने होइन नेताले गर्ने भन्ने मात्रै सोच हामीले नराखांै । हरेक नेपालीले इमानदार होउँ । जे गर्नुपर्ने हो त्यो कुरा गरौं । देश छिट्टै बिकास हुन्छ । स्रोत र साधनको नेपाललाई कमी छैन । स्रोत र साधन नहुने कोरिया जस्तो देशले त धेरै अघाडी विकास गरेर पुग्यो भने हामीलाई त्यति गाह«ो पर्दैन ।

प्रस्तुती : देबी चौलागाँई

प्रकासित मिति २०७३–१२–२२

फेसबुकबाट तपाईको प्रतिक्रिया