माछापुच्छ्रेको इएमभी चिप प्रणालीमा आधारित कार्ड

बिजनेसपाटी २३ चैत्र

माछापुच्छ्रे बैंकले इएमभी चीप कार्ड जारि गरेको छ। कार्डबाट हुने कारोवारको जोखिम घटाउन चिप प्रणालीमा आधारित कार्ड सञ्चालनमा ल्याईएको  हो ।  हालसम्म म्याग्नेटिक स्ट्रिप प्रविधिका कार्डहरु प्रयोग गर्दै आएको बैंकले इएमभी चीप कार्ड मार्फत नगद रहित कारोबारलाई प्रोत्साहन गर्नेे बताएको छ ।

यस बैकले ५६ शाखा कार्यालय मार्फत बैँकिङ्ग सेवा प्रदान गर्नुका साथै डेविट कार्ड, क्रेडिट कार्ड र प्रिपेड कार्ड तथा माग गर्नासाथ तुरुन्त पाइने इन्स्ट्यान्ट डेबिट कार्ड उपलब्ध गराउदै आएको छ ।  साथै, यस बैंकबाट जारी भएको डेबिट कार्ड  प्रयोग गरी यसै बैंकको एटीएमबाट रकम झिक्दा कुनै शुल्क नलाग्ने तथा नेपाल भित्र भिसा नेटवर्क अन्तर्गतका जुनसुकै एटीएमबाट रकम झिक्दा बढीमा रु. ३० मात्र लाग्ने समेत बैंकले जानकारी गराएको छ । नजिकको शाखामा सम्पर्क राखी आफूसँग भएको म्याग्नेटिक स्ट्रिप कार्ड (डेबिट÷क्रेडिट÷प्रिपेड कार्ड) लाई चिपमा आधारित कार्डमा परिवर्तन गर्न बैकले आफ्ना ग्राहकहरुलाई अनुरोध गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया