माछापुच्छ्रेको २१ प्रतिशत बोनस प्रस्ताव,०७४ मसान्तसम्म पूँजी पुर्याउने यस्तो छ योजना

बिजनेसपाटी २० कार्तिक

 आफ्ना सेयरधनीलाई माछापुच्छ्रे बैंकले २०.७५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।  विहिबार बसेको संचालक समितिको बैठकले गतबर्षको खुद मुनाफाबाट २०.७५ प्रतिशत बोनश तथा कर प्रयोजनको लागि १.०९ प्रतिशत नगद लाभांस दिने प्रस्ताव बैंकको गरेको हो ।

प्रस्तावित लाभांस नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी बार्षिक साधारण सभाबाट पारित भएपश्चात लगानीकर्तालाई वितरण गरिनेछ । बैंकको हाल चुक्तापूँजी ३ अर्ब ८६ करोड रुपैयाँ, जगेडा कोषमा १ अर्ब ५१ करोड रुपैयाँ रहेको छ । प्रस्थाबित बोनस बाँडेपछि बैंकको पुँजी ८० करोड रुपैयाँले बढ्नेछ ।

आषाढ मसान्त भित्रमा ८ अर्ब चुक्तापूँजी पु¥याउने प्रक्रियामा रहेको बैंकले हालको चुक्तापूँजीको ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने क्रममा रहेको छ । बैंकले हकप्रद प्रयोजनका लागि गत कात्तिक १२ गते नै सेयरधनी दर्ता पुस्तिका बन्द गरिसकेको छ । बैंकले हाल कायम पूँजीको ५० प्रतिशत हकप्रद जारी गरेपछि चुक्ता पुँजी ५ अर्ब ७९ करोड रुपैयाँ पुग्नेछ । त्यसपछि बोनस जोड्दा चुक्ता पुँजी ६ अर्ब ६० करोड रुपैयाँ पुग्नेछ ।साथै बैंकले थपपूँजी बृद्धि तथा व्यवसाय विस्तारका लागि अरु  कुनै बैंक वा वित्तिय संस्थासंग मर्जर गर्ने र आवश्यक पुँजी जुटाउन थप हकप्रदको प्रस्ताव समेत आगामी साधारणसभा लैजान सक्ने जनाइएको छ

फेसबुकबाट तपाईको प्रतिक्रिया